समाचारबुधबार, बैशाख २९, २०७३

नीति तथा कार्यक्रम सोकेसको मिठाईः बिजुक्छे

हिमालखबर

नेपाल मजदुर किसानका पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई सोकेशमा राखेको आकर्षक मिठाई भएको टिप्पणी गरेको छन् ।

रफत् सञ्चार क्लबले भक्तपुरमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले नीति तथा कार्यक्रममा लागू हुन नसक्ने भन्दै सोकेशमा सजाएको तर खान नमिल्ने मिठाइ जस्तै भएको बताए ।

सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरे पनि स्थानीय निकायको निर्वाचन हुन नदिन ठूला राजनीतिक दललाई भारतले उपयोग गरेको आरोप लगाउँदै उनले भारतले नचाहेसम्म स्थानीय निकायको निर्वाचन सम्भव नरहेको दाबी गरे ।

उनले हजारौं कर्मचारीहरुले भारतको पैसा खाएर उसैका लागि गुप्तचरी गरिरहेको आरोप लगाउँदै त्यस्ता कर्मचारीलाई कारवाही नगरेसम्म कुनै पनि सरकारले काम गर्न नसक्ने बताएका थिए ।

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने सरकारको निर्णयलाई गलत मान्न नसकिने उनको भनाई छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>