समाचारबुधबार, बैशाख २९, २०७३
प्रकाशित समाचारप्रति देउवाको ध्यानाकर्षण
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले संसदमा बोलेको विषयलाई लिएर सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको बताएका छन् ।
२९ वैशाखमा विज्ञप्ति जारी गर्दै सभापति देउवाले काठमाडौं–हेटौडा द्रुतमार्ग निर्माण सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको कुरालाई ध्यानमा राख्न र लगानीकर्तामा नकारात्मक सन्देश जानु हुँदैन भन्ने आफूले बताएको उल्लेख गरेका छन् ।
विज्ञप्ति:
काठमाडौं–निजगढ फास्ट ट्रयाक बारे हिजो मैले संसदमा बोलेको विषयलाई लिएर केही संचार माध्यमहरूमा प्रकाशित समाचारप्रति मेरो ध्यान आकर्षित भएको छ ।
पूर्ववर्ती सरकारले बुट ऐन अन्तरगत अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट छनौट गरी परियोजनाको सम्झौता प्रक्रिया अगाडि बढाई सम्बन्धित पक्षलाई दिने नदिने कुराको टुङ्गो लगाउन बाकी रहेको र यसै सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा परि विचाराधिन रहेको कुरालाई ध्यानमा राखौँ भन्ने मेरो भनाई रहेको प्रष्ट पार्न चाहन्छु । साथै, लगानीकर्तामा पनि नकारात्मक सन्देश जानु हुँदैन भन्ने मेरो चिन्ता हो ।
शेरबहादुर देउवा
सभापति
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
