समाचारबिहीबार, बैशाख ३०, २०७३
बग्दादमा बम आक्रमण, कम्तीमा ९३ को मृत्यु
इराकको राजधानी बग्दादमा भएका तीनवटा आत्मघाती बम आक्रमणबाट कम्तीमा ९३ जनाको ज्यान गएको छ ।
इराकी प्रहरी र अस्पतालका अनुसार मारिनेहरुमा अधिकांश महिला र बालबालिकाहरु छन् ।
समाचार संस्था रोयटर्सका अनुसार भिडभाड रहेको सद्र बजार क्षेत्रमा भएको पहिलो विष्फोटमा कम्तीमा ६४ जनाको ज्यान गएको छ भने ८७ जना घाइते भएका छन् ।
विहान अफिस समयमा भएको उक्त घटनापछि अपराह्न कदमिया भनिने शिया समुदाय बहुल इलाकामा भएको कार बम विष्फोटमा १६ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
त्यसैगरी शहरको पश्चिमी व्यवसायिक क्षेत्रमा भएको तेस्रो विष्फोटमा कम्तीमा १३ जनाको ज्यान जानुका साथै २० जना घाइते भएका छन् ।
बेहुलाबेहुली
सद्र बजारमा एउटा ब्यूटी शलुन नजिकैे विष्फोट हुँदा ज्यान गुमाउनेहरुमा उक्त शलुनमा शृंगारका लागि आएका बेहुलीलगायतका महिला रहेको अस्पताल र प्रहरी अधिकारीहरुले जनाएका छन् ।
नजिकैको अर्को कपाल काट्ने पसल अगाडि फेला परेका दुई शवहरु कपाल कटाउन आएका बेहुला रहेको बताइएको छ ।
इस्लामिक स्टेटले (आइएस) उक्त सबै विष्फोट आफूले गराएको दाबी गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
