रमझमबिहीबार, बैशाख ३०, २०७३

संयमी साम्राज्ञी

हिमालखबर

xubextKअभिनेता भुवन केसी निर्देशित चलचित्र ‘ड्रिम्स’ लाई युवाले रुचाए। चलचित्रका नायक अनमोल केसी त पहिल्यै हिट भइसकेका छन्, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह (२०) को कामले पनि प्रशंसा पायो। स्नातक दोस्रो वर्षमा अध्ययनरत साम्राज्ञी डेब्यू नै सफल भएकोमा प्रफुल्ल छिन्।

“राम्रो चलचित्र खोज्दैछु”, उनी भन्छिन्, “आएका प्रस्तावमध्ये दुई वटा मनपरेका छन्।” तीमध्ये ड्रिम्स कै सहायक निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्ने भनिएको चलचित्र ‘ऐश्वर्या’ एक हो।

२०७१ सालमा राजधानीमा आयोजित फेस अफ क्लासिक डाइमण्ड ज्वेलर्स फेशन प्रतियोगितामा सेकेण्ड रनरअप बनेकी साम्राज्ञीले फुर्वा तामाङको ‘सबैभन्दा दामी’ र एल्भिस जोशीको ‘एक मौका’ गीतको म्युजिक भिडियोमा अभिनय पनि गरेकी छन्।

तर, उनलाई जासूसको भूमिकामा देखिने रहर छ। “त्यस्तो भूमिकामा मेरो क्षमता देखिन्थ्यो भन्ने लागेको छ”, उनी भन्छिन्।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...