समाचारबिहीबार, बैशाख ३०, २०७३

डाक्टर बनेर ठग्ने सिएमए पक्राउ

हिमालखबर

प्रहरीले वीरगञ्जबाट नक्कली डाक्टर बनेका एक सिएमएलाई पक्राउ गरेको छ ।

वीरगञ्जको नगवामा युनिक हेल्थ क्लिनिक सञ्चालन गर्दै आएका बैठाले आफूलाई एमबीबीएस उत्तिर्ण डाक्टर भन्दै बिरामीको उपचार गर्दै आएको फेला परेपछि २९ बैशाखमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा कार्यरत सिएमए बैठाले वीरगञ्जकै नगवामा ‘डा बिके बैठा,’ को बोर्ड झुण्ड्याएर उपचार गर्दै आएका थिए । उक्त बोर्डमा नेपाल मेडिकल काउन्सिलको दर्ता नम्बर १०४४ समेत उल्लेख छ ।

प्रनाउ बोगटीले साइनबोर्डमा लेखिएको दर्ता नम्बर फर्जी रहेको र बैठकले सिटिइभिटीबाट सिएमए मात्रै उतिर्ण गरेको जानकारी दिए ।

उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>