समाचारबिहीबार, बैशाख ३०, २०७३

एमाओवादीसँग एकताको सम्भावना छैनः गजुरेल

हिमालखबर

cp gajurelनेकपा क्रान्तिकारी माओवादी (वैद्य समूह) का उपाध्यक्ष सीपी गजुरेलले एमाओवादीसँग पार्टी एकताको सम्भावना अन्त्य भएको बताएका छन् ।

रिपोर्टर्स क्लबले ३० वैशाखमा आयोजना गरेको साक्षात्कारमा उनले एमाओवादीले संसद र सरकार दुबै नछाडेसम्म कुनै पनि हालतमा पार्टी एकता हुन नसक्ने बताए ।

गजुरेलले भने, “हामी सच्चा क्रान्तिकारी कम्युनिष्टहरुवीचको एकता चाहन्छौ । तर, एमाओवादीको लाईन अती दक्षिणपन्थी भएकोले एकता हुन नसकेको हो ।”

‘थापाले आत्मसमर्पण गरे’
उनले एमाओवादीले क्रान्तिलाई धोका दिएकोले क्रान्तिलाई जोगाई राख्न आफूहरुले पार्टी पुनःगठन गर्नुपरेको दाबी गर्दै त्यसबेला एमाओवादीलाई लालगद्दार भन्नेहरु अहिले उसैसँग मिल्न गएको आरोप लगाए ।

गजुरेलले महासचिव रामबहादुर थापाले एमाओवादीसँग आत्मसर्मपण गरेको आरोप लगाउँदै थापा समूह र एमाओवादीबीच हुन लागेको एकतालाई दक्षिणपन्थीहरुबीचको एकता भएको बताए ।

उनले भने, “बादलजीले विचार र राजनीतिलाई तिलान्जली दिई सरकारमा जान हतार गर्नु भएको हो, उहाँले एमाओवादीसँग गरेको १२ बुँदे सहमति हामीले पहिल्यै अस्वीकार गरिसकेका थियौं ।”

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको सम्भावना नदेखेपछि आफ्नो पार्टीलाई चोईट्याउन खोजेको आरोप लगाए ।

उनले पार्टी महासचिव रामबहादुर थापा केन्द्रीय समितिको बैठक अगाडि नै एमाओवादीमा जाने तयारी गरिरहेको पनि बताए ।

उनले भने, “आज–भोलि नै उहाँहरुको बैठक छ । दुई गतेको केन्द्रीय समितिको बैठकअघि नै जाने तयारीमा हुनुहुन्छ । यस्तालाई कारवाही गरे कारवाहीकै बेईज्जत हुन्छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>