समाचारशुक्रबार, बैशाख ३१, २०७३
राजदूत फिर्ता बोलाउनु सरकारको गम्भीर गल्तीः कोइराला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले सरकार नै संविधान विरोधी गतिविधिमा संलग्न भएको आरोप लगाएका छन् ।
पाँचथर पुगेका कोइरालाले प्रदेश र स्थानीय निर्वाचनबारे संविधानले प्रष्ट व्यवस्था गरेपनि नीति तथा कार्यक्रममार्फत प्रदेशको अधिकार कटौती गरिएको बताए ।
उनले सरकारले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाएर गम्भीर गल्ती गरेको बताए । उनले भने, “सर्वाेच्च अदालतमा विचाराधीन फास्ट ट्रयाक सम्बन्धी राष्ट्रपति बोल्न लगाउनु, राष्ट्रपतिको भारत भ्रमण रद्ध गर्नु र राजदूत फिर्ता बोलाउनु गम्भीर गल्ती हो ।”
सरकारकै कारण छिमेकी मुलुकसँगको सम्बन्ध थप संकटमा पर्न सक्ने उनले बताए ।
-लक्ष्मी गौतम, पाँचथर
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>