Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सल्यानमा ४६ वर्षपछिकै ठूलो वर्षा, ठूलो क्षति - Himalkhabar.com

थप समाचारशुक्रबार, बैशाख ३१, २०७३

सल्यानमा ४६ वर्षपछिकै ठूलो वर्षा, ठूलो क्षति

हिमालखबर

सल्यान जिल्लामा ४६ वर्षपछिकै ठूलो वर्षा भएको छ । हिजो, ३० वैशाख राति भएको भीषण वर्षाले वाफुखोला–३ मा रहेको दोभान बजारका १२ वटा पसल बगाएको छ ।

यस्तै, स्थानीय चिनाली खोलामा रहेका ५० वटा घट्ट बगाएको, वाफुखोलामा रहेको विजय हाइड्रोपावरमा क्षति पुर्‍याउँदा गाउँमा बिजुली बन्द भएको स्थानीय मोहन खड्काले बताए ।

“ठूलो पानी २०२७ सालमा परेको थियो, त्यसपछि यति ठूलो पानी परेको मैले देखेको थिएन, हेर्दाहेर्दै बजार नै बगायो”, खड्काले भने ।

वर्षाले वाफुखोला–१, २, ३ र ४ मा करिब एक हजार रोपनीमा लगाएको बर्खे आलु नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बाढीले खानेपानीका संरचना बगाएपछि गाविसका अधिकांश स्थानमा खानेपानी बन्द भएको स्थानीयवासी गनबहादुर वलीले जानकारी दिए ।

घटनापछि उद्धारका लागि वाङ्गेलाकुरी प्रहरी चौकीबाट टोली खटाएको प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।

थप उद्धार तथा राहतका लागि शुक्रबार बिहानै रुकुमको झुल्नेटाबाट नेपाली सेना र सल्यानको थारमारेबाट नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धारका लागि खटिएको सहायक प्रजिअ रमेश पाण्डेले जानकारी दिए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>