समाचारशुक्रबार, बैशाख ३१, २०७३
नेपाल टेलिभिजन र युनान टेलिभिजनबीच सहमति
नेपाल टेलिभिजन र चीनको युनान रेडियो एन्ड टेलिभिजन बीच पारस्परिक सहयोग अभिवृद्धि गर्ने सम्बन्धमा सैद्धान्तिक सहमति भएको छ ।
नेपाल भ्रमणमा रहेका चीनको छापा, प्रकाशन, रेडियो, चलचित्र तथा टेलिभिजनका लागि राज्य प्रशासकमन्त्री छाई फुछाओ र सूचना तथा सञ्चारमन्त्री शेरधन राई नेतृत्वको द्विपक्षीय प्रतिनिधिमण्डलबीच सूचना तथा सञ्चार मन्त्रालयमा भएको वार्तापछि त्यस्तो सहमति भएको हो ।
दुवै देशका मन्त्रीको उपस्थितिमा आपसी सहयोग एवम् सहकार्य, कार्यक्रम आदानप्रदान, तालिमलगायत विषयलाई समेटेर तयार पारिएको प्रारम्भिक समझदारीमा नेपाल टेलिभिजनका महाप्रबन्धक लक्ष्मण हुमागाईं र युनान रेडियो एन्ड टेलिभिजनका अध्यक्ष लिन साइङले हस्ताक्षर गरेका छन् ।
मन्त्रीद्वयको उपस्थितिमा उक्त सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहकार्यसम्बन्धी विस्तृत विवरण दुई महिनाभित्र तयार गरी हस्ताक्षर गर्न दुवै प्रसारण संस्थाका प्रमुखहरुले सहमति पनि गरेका छन् ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
