समाचारशुक्रबार, बैशाख ३१, २०७३
नेपाललाई दिने सहयाता कटौति भएको छैनः भारतीय दूतावास
नेपालस्थित भारतीय राजदूतावासले भारतले नेपाललाई दिने सहयातामा कुनै कटौति नगरेको बताएको छ ।
“भारतले नेपाललगायतका छिमेकी मुलुकलाई दिने वैदेशिक सहयाता अघिल्लो वर्ष ती मुलुकले गरेको वास्तविक खर्चको परिमाण र उनीहरुको खर्च गर्ने क्षमताका आधारमा तय हुन्छ,” दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यदि सम्पूर्ण सहयता रकम उपयोग भयो र थप चाहियो भने भारतीय विदेश मन्त्रालय मार्फत थप सहयोगको सम्भावना सँधै खुला रहने पनि दूतावासले उल्लेख गरेको छ ।
भारतले नेपालमा वार्षिक ५ देखि ६ करोड अमेरिकी डलर बराबरको सहयाता उपलब्ध गराइरहेको र नेपालको सामाजिक–आर्थिक विकासका लागि प्रतिवद्ध रहेको पनि दूतावासले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
