समाचारशुक्रबार, बैशाख ३१, २०७३

लुम्बिनीमा विशेष सुरक्षा रणनीति

हिमालखबर

फाइल तस्वीर

फाइल तस्वीर

२५६० औं वुद्ध जयन्ती र अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन नजिकिंदै जाँदा वुद्ध जन्मस्थल लुम्बिनीमा बिशेष सुरक्षा रणनीति लागू गरिएको छ ।

वुद्ध जयन्तीको मूख्य कार्यक्रम ८ जेठमा भए पनि लुम्बिनीमा एक साताअघिदेखि नै देशविदेशका पर्यटकहरु आउने क्रम बढेको छ । यो वर्ष राजधानीमा वुद्धसम्मेलन लगत्तै सम्मेलनमा सहभागी हुने २५ देशका पाहुना लुम्बिनी समेत आउने तयारीमा छन् ।

सबै पाहुना र पर्यटकहरुको सुरक्षार्थ लुम्बिनी अञ्चल प्रहरी कार्यालयको अगुवाईमा तीन तहको सुरक्षा रणनीति अनुसार सुरक्षाकर्मी तयार गरिएको लुम्बिनी प्रहरी प्रमुख एसएसपी शेरबहादुर वस्नेतले बताए ।

सुरक्षा व्यवस्थाको लागि पश्चिम क्षेत्रीय प्रहरी कार्यालय मातहतमा रहेका अञ्चल प्रहरी कार्यालय, क्षेत्रीय प्रहरी तालिम केन्द्र, दंगा प्रहरी गण लगायत पोखराबाट पनि थप प्रहरीको माग गर्ने तयारी गरिएको छ ।

त्यसैगरी भीडभाडको समयमा पर्यटकलाई चेकजाँच गर्दा उनीहरुको सुविधामा ख्याल राख्ने, पर्यटक र पाहुनालाई बिशेष सुरक्षा दिने साथै पर्यटकमैत्री ब्यबहार गर्ने लगायतका योजना बनेको सुरक्षा निकायले जनाएको छ ।

पर्यटन मन्त्रालयले यस क्षेत्रका पर्यटन, जनपथ, सशस्त्र र ट्राफिक प्रहरीहरुसँग समन्वय गरी त्यस्तो रणनीति बनाएको पर्यटन प्रहरी कार्यालय काठमाडौका इन्चार्ज प्रहरी निरीक्षक तुलसा खतिवडाले बताईन ।

पर्यटकसंग पर्यटन प्रहरीले जस्तै पर्यटकमैत्री ब्यबहार गर्न अन्य प्रहरीहरुलाई पनि सिकाइएको उनले बताईन् ।

बिभिन्न आन्दोलन, तालाबन्दी लगायतका गतिबिधिहरुले लुम्बिनीमा पटक पटक असहज बातावरण बन्दै आएको थियो ।
दीपक ज्ञवाली, बुटवल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>