समाचारशुक्रबार, बैशाख ३१, २०७३

नौ बुँदे सहमति कार्यान्वयन हुँदैनः शान्ति मन्त्री ढकाल

हिमालखबर

eknathशान्ति तथा पुनर्निर्माण मन्त्री एकनाथ ढकालले प्रधामन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको नौ बुँदे सहमति कार्यान्वयन हुन नसक्ने बताएका छन् ।

स्थानीय शान्ति समिति बाँकेले ३१ बैशाखमा नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री ढकालले दुई राजनीतिक दलबीच भएको सहमति अन्य निकायका लागि बाध्यकारी नहुने स्पष्ट पारे ।

कसैको मुद्दा फिर्ता वा माफीका विषय कानून र अदालतको आदेश अनुसार हुने उनको भनाई छ  ।

कार्यक्रममा सहभागी द्वन्द्वपीडितहरुले नौ बुँदे सहमतिले पीडितलाई थप पीडा दिएको भन्दै त्यो खारेज हुनुपर्ने माग राखेका थिए ।
केशव राना, बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>