Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पुस्तक सम्पदा–१३ - Himalkhabar.com

ब्लगशनिबार, जेठ १, २०७३

पुस्तक सम्पदा–१३

कमल दीक्षित

bk

प्रह्लादको प्रस्तावनामा समजी भन्छन्, “सत्य प्रह्लादको सत्ययुगको भाषा यो होइन, त्यसैको विकृत रूप हो यो। यसको दर्शन भारतीय हो– सुकरात र जिजस प्रह्लादसित बरु मिल्न आउँछन्, प्रह्लाद उनीहरूसित मिल्न जाँदैनन्।”

आज मेरो मनमा द्वन्द्व चल्यो! मेरो होइन, किताबहरूको, त्यो पनि तीनोटा को–को आउने ‘पुस्तक सम्पदा’ मा प्रतिनिधि बनेर भनेर। ती तीनै ओटा पुस्तकहरू विज्ञान विषयक थिए, तर शुद्ध विज्ञान होइन, बरु कुनै प्रकार विज्ञानले छोइएका। मलाई पनि उकालो परुर्‍यो म तीमध्ये कुन चाहिंलाई छानूँ भनी। तर छान्नेभन्दा पहिले ती तीनैको हुलिया खोलूँ।

एउटा थियो १९६५ सालमा छापिएको ढड्डू ८७८ पृष्ठको डाक्टरी किताब ‘येनाटमी अर्थात् शरीर तत्व’। अर्को थियो १९९४ मा प्रकाशित कप्तान जनकराज श्रेष्ठको ‘किन कसरी’। अनि तेस्रो थियो १९९५ सालमा प्रकाशित कप्तान बालकृष्ण शम्शेरको नाटक ‘प्रह्लाद’। यस्ता अलग अलग पृष्ठभूमि भएका किताबमा एउटालाई कसरी छान्नु? केको आधारमा? म पनि जिल्ल परें।

समस्या परेको यो– नेपाली भाषामा पश्चिमा किसिमका ‘साइन्स’ का किताबहरू कसरी र कहिलेदेखि छापिन शुरू भए र तिनले नेपाली जनतालाई के कति मात्रामा प्रभाव पारे भनेर खोज्दा र मपुपु–को थुप्रोमा उधिन्दा देखा परे यी तीनोटा किताब।

अनि मेरो टाउकामा आएको हो यो ती तीनमध्येबाट एउटालाई छान्ने काम। अब यहाँपछि म जे लेख्छु त्यो मेरो टाउकामा चलेको विचार विमर्श हो, वास्तविकता त्यही हो कि होइन थाहा छैन।

रूपरङ्ग, भव्यता अनि स्तरीयता तथा वस्तुको गम्भीरता र गहनताका साथै यो प्रकाशित भएको समयको विचार गर्दा राजकृष्ण मुखर्जीको ‘येनाटमी’ लाई एक नम्बरमा राख्नुपर्छ। त्यसवेलासम्म भारतवर्षका समेत कुनै भाषामा यस विषयको यति गहकिलो पुस्तक प्रकाशित भएको थिएन अरे!

(यो कुरा त्यस किताबको प्रकाशनको जिम्मा पाएका, संपादक राममणिकै मुखबाट मैले सुनेको हुँ, २००० सालतिर)। तर त्यो किताब ‘एकेडेमिक’ थियो, मेडिकल कलेजमा पढाउने पुस्तक जस्तो र अत्यन्त ‘टेक्निकल’ (प्राविधिक)। त्यसैले उम्दा हुँदाहुँदै पनि त्यो सर्वसाधारणको पहुँचभन्दा परै रह्यो र त्यसै गुमनाम गयो! ऐले कसैले सम्झ्ँदैन त्यसलाई।

अब १९९२ सालतिर उक्लूँ। नाम परिवर्तन गरेर गोर्खा भाषा प्रकाशिनी समिति बालकृष्ण शम्शेर (समजी) को अध्यक्षतामा नेपाली भाषा प्रकाशिनी समिति बन्यो। त्यसले विभिन्न विषयका गरी २४ ओटा नयाँ पुस्तकहरू निकाल्ने महत्वपूर्ण निर्णय लिएछ। त्यसका लागि विज्ञता–प्राप्त विभिन्न विद्वान्रुलाई आह्वान गरिएछ र काम बाँडिएछ।

कसैलाई अनुवाद गर्ने र कसैलाई मौलिक पुस्तक लेख्ने काम दिइएकोमा नेपाली भाषामा विज्ञान विषयक पुस्तक हुँदै नभएको बुझी त्यस विषयको एउटा किताब तयार पार्न, इन्जिनीयरिङ पढेका सैनिक कप्तान जनकराज श्रेष्ठलाई जिम्मा दिइएछ। तर अध्यक्ष समजीले उनलाई किताबलाई बढी बौद्धिक नपारी सकेसम्म धेरैले बुझन सक्ने सरल र सजिलो बनाउनू भन्ने सल्लाह पनि दिएछन्।

भनेबमोजिम नै जनकराजले पनि साह्रै जटिल वैज्ञानिक तथ्यहरू अत्यन्त सरल नेपाली भाषामा लेखेर बुझाएछन्। अनि समितिले पनि पुस्तकलाई अझ् रोचक र अर्थपूर्ण पार्न ठाउँठाउँमा उपयुक्त चित्रहरू राखी त्यसलाई प्रकाशित गरुर्‍यो १९९५ सालमा।

‘पानी कसरी बरफ बन्छ’, ‘टेलिफोनमा कुरा कसरी सुनिन्छ’, ‘इन्द्रधनु कसरी देखिन्छ’ इत्यादि साथै सिनेमा, रेडियो, बेलून, हवाईजहाज जस्ता विषयमा समेत चञ्चुप्रवेश गराएका छन् जनकराजले। अलिअलि पढेका मान्छे र घर–गृहिणीहरूलाई समेत ‘जान्ने’ बनाइदियो ‘किन कसरी’ ले। त्यो नेपाली भाषाको एउटा उत्कृष्ट पुस्तक हो। तर कुन कारणले हो कुन्नि, समितिले पछि त्यसलाई सर्वसुलभ बनाएन। अनि त्यो विस्तारै बिर्सिंइदै गयो र बेपत्ता भयो। कस्तो दुर्भाग्यको कुरा!

अब हामी बालकृष्ण शम (शेर) को ‘प्रह्लाद’ नाटकभित्र पसौं। हुन त प्रह्लाद जस्तो नाटकलाई विज्ञानका पुस्तकका माझ् उभ्याएकोमा धेरैले प्रश्न उठाउनेछन्।

तर समजीको त्यो कृति मलाई विज्ञान–पुस्तक जस्तो लाग्छ, नेपाली पहिलो वैज्ञानिक साहित्य। (१९९६ सालमा निस्केको प्रेमराज शर्माको ‘रामायण’ त्यस्तै पहिलो वैज्ञानिक ‘काव्य’ हो भन्ने पनि यहाँनेर सम्झिराखूँ)। श्रीमद्भागवत सप्तम स्कन्धको प्रह्लादको कथालाई समजीले वास्तविक तर्कसम्मत पारेका छन्, पौराणिक या काल्पनिक होइन। त्यसो गर्दा त्यो किताबै विज्ञानसम्मत हुनगएको छ। पुराण होइन, इतिहास भएको छ।

उनकै शब्द सम्झूँ। आफ्नो प्रस्तावनामा समजी भन्छन्, “सत्य प्रह्लादको सत्ययुगको भाषा यो होइन, त्यसैको विकृत रूप हो यो। यसलाई पौराणिक कल्पनाक्षेत्रमा नदौडाई ऐतिहासिक कल्पनाक्षेत्रमा दौडाउने यत्न गरिएको छ। यसको दर्शन भारतीय हो– सुकरात र जिजस प्रह्लादसित बरु मिल्न आउँछन्, प्रह्लाद उनीहरूसित मिल्न जाँदैनन्।”

प्रमाणका लागि हेरूँ। हिरण्यकशिपुका योद्धाहरू वरुणलोक विजय गरी फर्केर आएपछि आफ्नो ‘रिपोर्ट’ दिंदै भन्छन्ः “धेरै धेरै टाढा रातो समुद्र तरेर हामी वरुणलोक पुग्यौं, त्यहाँ एउटा ठूलो चौकीमा चारौटा त्रिभुज माथि टुप्पामा जोडिएको आकारको ढुङ्गैढुङ्गाको विशाल घर बनाउन लागेका रहेछन्, त्यस्तो अरू पनि बनाउने रे।… त्यहींनेर एउटा हँसिलो मुख भएको नरसिंहको जस्तो मूर्ति पनि रहेछ।… हामी मरूभूमिबाट ऊँटमा चढेर त्यो ठाउँमा गएका थियौं, धेरै घटना र कुरापछि एउटा मन्दिरबाट झिकी यो मल्हम हामीलाई दिएर वरुणले भन्यो― यसले शरीरलाई नाश हुन दिंदैन, यो छालाको अमृत हो।”

प्राचीन मिश्र, इजिप्ट–विजयको योभन्दा ‘ऐतिहासिक’ विवरण कहाँ पाउने? नेपाली भाषामा कसले लेख्यो र यस्ता कुरा त्यसअघि? अनि पिरामिड र ‘स्पिङ्स’ को यति सटिक वर्णन कहाँ पाउने? हाम्रो ‘पुस्तक सम्पदा’ मा ‘प्रह्लाद’ को चयनको स्पष्टीकरणमा यसभन्दा बढी बोल्नु नपर्ला। कसैलाई अरू प्रमाण चाहिए त ‘प्रह्लाद’ भित्रै छिर्नु उचित होला।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>