Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सुनिए गिरीश - Himalkhabar.com

रमझमशनिबार, जेठ १, २०७३

सुनिए गिरीश

सजना बराल

kbGe5t8नेपालका पहिलो हिपहप गायक हुन्, गिरीश खतिवडा। उनले कक्षा ८ मा पढ्दा ‘मिनिङलेस र्‍याप’ बोलको गीत गाएर नेपालमा हिपहप भित्र्याएका थिए ।

२०५१ सालमा सोही गीतकै नाममा अल्बम निकालेका उनले प्रनिल एल. तिमल्सिनासँग मिलेर गाएको ‘म यस्तो छु’, ‘तिमी जहाँ पनि जान्छौ’ जस्ता गीत चलेका थिए।

“फरक शैलीका गीतका कारण त्यो वेला हाम्रा गीत रातारात हिट भए”, गिरीश भन्छन्। दुइटा अल्बम निकालिसकेपछि अमेरिका गएका गिरीश उतै बस्ने सुरमा थिए।

तर, संगीतविनाको जीवन निरश लाग्न थालेपछि उनी देश फर्के। “सँगैका साथीहरू पलायन भए पनि मभित्रको कलाकारले अन्यत्र मोडिन दिएन”, छैटौं अल्बमको तयारीमा रहेका उनी भन्छन्।

गिरीश अहिले हिपहप गाउनेको संख्या बढे पनि नयाँ शैली नआएको बताउँछन्। डिजेसमेत रहेका उनी हिजोआज संगीतमा यति सक्रिय छन् कि प्रत्येक महीना न्यूनतम दुइटा गीत यूट्यूबमार्फत सार्वजनिक गरिरहेका हुन्छन्।

दुई वर्षअघि आफ्नो च्यानललाई मोनिटाइज (पारिश्रमिक आउने) गरेपछि उनले यूट्यूब प्रयोग बढाएका हुन्। ‘भर्सन टु पोइन्ट ओ’ नामक नयाँ अल्बम निकाल्न लागेका गिरीश अहिले चलचित्र ‘गाजाबाजा’ मा ओरिजिनल साउन्ड ट्रयाक कम्पोज गरिरहेका छन्।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>