रमझमशनिबार, जेठ १, २०७३

डेढ सेमी लामो पुस्तक सार्वजनिक

हिमालखबर

डेढ सेमी लामो पुस्तक सार्वजनिक
साहित्यकार सुनिल पुरीको ‘गाभा’ नामक हाइकु सङ्ग्रह  बजारमा आएको छ । १ जेठमा सार्वजनिक गरिएको पुस्तक साढे एक सेमी लम्बाइ र एक सेमी चौडाइको छ ।

मोबाइलको सिम कार्ड आकारको कृतिमा केटाकेटीको प्रफुल्लता, मानवीय छटपटी, चरा तथा चराले गाउने गीत, हिमाल ताल, सौन्दर्य, पीडालगायत विषयका ५१ हाइकु समाविष्ट छ ।

जापानको साहित्य हाइकु अहिले नेपालमा समेत लोकप्रिय बन्दै गएको छ । साहित्यकार शङ्कर लामिछाने यसलाई नेपालमा पहिलो पटक विसं २०१९ मा प्रवेश गराएका थिए । तीन हरफमा ५–७–५ अक्षरमा हाइकु लेखिन्छ जहाँ ऋतु, मौसम, संस्कृति विम्बका रुपमा प्रयोग हुन्छ ।

स्पर्श नेपालले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय गानका रचनाकार व्याकुल माइलाले कृति विमोचन गर्दै स्रष्टा कतै पनि पूर्वाग्रही नभई मुलुकमा राजनीतिक अस्थिरताको अन्त्य गर्न लाग्नुपर्नेमा जोड दिए ।

प्रा डा रामकुमार पाँडेले नेपाली विभिन्न जातजाति, धर्म संस्कृतिमा फैलिएको बताउँदै यी सबैका बीच एकता भए मात्र राष्ट्रिय एकता बलियो हुने बताए । प्राज्ञ श्रवण मुकारुङ र साहित्यकार मित्रबन्धु पौडेलले नेपाली साहित्यमा हाइकुको महत्व बढ्दै गएको बताउँदै जीवनजगत्का कुरा अभिव्यक्त हाइकुमा सजिलो हुने विचार व्यक्त गरे । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>