समाचारशनिबार, जेठ १, २०७३
राष्ट्रिय सरकार बनाए मधेशको समस्या हल हुन्छः महामन्त्री कोइराला
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले राष्ट्रिय सरकार बनाएर मधेशको समस्या हल गर्न कांग्रेस जुटेको बताएका छन् ।
भक्तपुरमा आयोजित कार्यक्रममा महामन्त्री कोइरालाले भने, “संविधान कार्यान्वयन र मधेशको समस्या हल गर्न कांग्रेस राष्ट्रिय सहमतिको सरकार बनाउनमा जोड दिइरहेको छ ।”
उनले अस्थिरताको राजनीति गरेर देशलाई बर्बादीतर्फ लैजाने पक्षमा नरहेको बताए । महामन्त्री कोइरालाले भने, “मुलुकको समस्या समाधान गर्ने जिम्मेवारी ठूलो दलको नाताले कांग्रेसको काँधमा छ ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>