समाचारशनिबार, जेठ १, २०७३
जायज र उचित माग सबैका पूरा हुन्छन्ः प्रधानमन्त्री ओली

युवा संघ स्थापना दिवसकाे अवसरमा युवा संघले अायाेजना गरेकाे कार्यक्रमलाई सम्बाेधन गर्दै प्रधानमन्त्री अाेली । तस्वीरः अानन्दराम डंगाेल
प्रधानमन्त्री केपी शर्मा ओलीले जायज र उचित माग पूरा गराउनका लागि आन्दोलन गर्नु नपर्ने बताएका छन् ।
युवा संघ नेपालको २६औं स्थापना दिवसको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, “जोसुकैका जायज र उचित माग पूरा हुन्छन्, त्यसका लागि आन्दोलन गर्नु पर्दैन ।”
प्रधानमन्त्री ओलीले सरकारले बोलाएका बेला वार्तामा आएर आफ्ना कुरा राख्न आन्दोलनरत पक्षलाई आग्रह गरे । उनले भने, “घाम सर्दै जाँदा रुखमुनिको छहारी सरेजस्तै आन्दोलन सारेर माग पूरा हुन्न ।” रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
