समाचारशनिबार, जेठ १, २०७३

वैद्य माओवादी विभाजित, पार्टी एकताका लागि वार्ता समिति गठन

हिमालखबर

मोहन वैद्यको नेतृत्वको (क्रान्तिकारी माओवादी) पार्टी विभाजित भएको छ ।

पार्टी महासचिव एवम् संगठन विभाग प्रमुख रामबहादुर थापाको नेतृत्वमा छुट्टै बैठक बसेर वार्ता समिति गठन गरेपछि पार्टी विभाजित भएको हो ।

यसअघि, पनि थापाको अध्यक्षतामा छुट्टै बैठक बसेको थियो । तर, वैद्यसँग वार्ता गर्ने भन्दै स्थगित बैठक पुनः बस्दै एकताका लागि वार्ता समिति गठन गरेपछि विभाजित भएको हो ।

बैठकले थापाको संयोजकत्वमा ६ सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले बताइन् । वार्ता टोलीमा थापा, सचिव देव गुरुङ, प्रवक्ता भुसाल, स्थायी समिति सदस्य कुलप्रसाद केसी र हितमान शाक्य छन् ।

टोलीले एकताका लागि तय गरिएका १६ बुँदाका आधारमा एमाओवादीसँग वार्ता गर्नेछ । प्रवक्ता भुसालले आजको बैठकमा १९९ मध्ये ११४ केन्द्रीय सदस्य उपस्थित रहेको बताइन् । एकताको विपक्षमा रहेका अध्यक्ष वैद्यका नेताहरुले भने एकता संभव नहुने बताउँदै आएका छन् ।

यता, एमाओवादीले पनि वार्ताको जिम्मेवारी पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मेवारी दिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>