समाचारआइतबार, जेठ २, २०७३

गठबन्धनको घेराउले सवारी अस्तव्यस्त

हिमालखबर

morcha_gherauमधेशी मोर्चासहितको संघीय गठबन्धनले सिंहदरबार जाने नाका घेराउ गरेपछि काठमाडौंको सवारी व्यवस्था अस्तव्यस्त बनेको छ ।

माइतीघर, बबरमहल जिल्ला प्रशासन कार्यालय अगाडि र हनुमानथानमा गठबन्धनका नेता कार्यकर्ताले धर्ना दिइरहेका छन् ।

यसैबीच गठबन्धनका कार्यकर्ताले बा १ झ ३६१० नम्बरको जीप माइतीघरमा तोडफोड गरेका छन् ।

अहिलेसम्म प्रहरीले गठबन्धनका कार्यकर्तालाई निषेधित क्षेत्र तोड्न दिएको छैन भने मुठभेडको स्थिति पनि छैन ।

morcha_gherau1संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत मधेशी मोर्चाले अन्य साना दलहरुसँग गठबन्धन गरी संयुक्तरुपमा १ जेठदेखि राजधानी केन्द्रित आन्दोलन शुरु गरेको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>