थप समाचारआइतबार, जेठ २, २०७३
हिरासतमा आत्महत्या
बन्यजन्तुका छाला, हड्डीको ओसारपसारमा संल्गन रहेको अभियोगमा पक्राउ परेका हुम्ला बरगाउँ ४ का ५७ वर्षीय शेर लामाले बर्दिया राष्ट्रिय निकुञ्जको थुनुवा कोठामै आत्महत्या गरेका छन् ।
बर्दिया निकुञ्जको कार्यालय ठाकुरद्वाराको थुनुवा कोठाको शौचालयमा रहेको भेन्टीलेसनको फलामे रडमा गलबन्दि बाँधेर लामाले आत्महत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बर्दियाबाट आएको प्रहरी टोलीले मुचुल्का उठाई लामाको शव पोष्टमार्टमका लागि सदरमुकाम गुलरीया लगेको छ ।
बाघ मार्ने र बाघका अंग ओसारपसार गर्ने अभियोगमा लामालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले ३१ वैशाख विहान बाँकेको मनिकापुरबाट पक्राउ गरेको थियो ।
भारतमा बसेर आखेटोपहार ओसारपसारमा संलग्न ठूला व्यापारीसँग सम्पर्क गरीरहेको खबर पाएपछि सिआईबले लामा माथी निगरानी बढाएको थियो ।
मोवाईल फोनको सिग्नलका आधारमा लोकेशन पत्ता लगाउँदा लामा भारतको रुपैडिहा हुँदै नेपालगञ्ज आएको थाहा पाएपछि सिआईबिको टोलीले खोजी गर्दै जाँदा मनिकापुरबाट उनलाई पक्राउ गरेको थियो ।
बर्दिया निकुञ्जका बाघ मार्नमा पनि लामाको संलग्नता छ की भन्दै सोधपुछ अनुसन्धानका गर्न एकदिनका लागि सिआईबीको टोलीले बर्दिया निकुञ्जको थुुनामा राखेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताए ।
“लामालाई सोधपुछ गरिसकेका थियौँ, आज कैलाली लैजाने कार्यक्रम थियो,” सिआईबीका डिएसपी प्रविण पोखरेलले भने ।
लामाले भारतबाट ल्याएको बाघको छाला खरिद गर्ने विसन गुरुङ्गलाई गतवर्ष साउनमा कैलालीबाट पक्राउ परेका थिए भने लामा फरार भएका थिए ।
भारतको पिलीभित नेशनल पार्कमा बरामद भएको बाघको छाला ओसारपसार गरेको मुद्दामा हकला पनि भनिने उनलाई भारतीय प्रहरीले समेत खोजिगरिरहेको थियो ।
भावुक योगी, बर्दिया
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
