समाचारआइतबार, जेठ २, २०७३

राजनीतिक निर्णय हो, मेरो भन्नु केही छैन: निवर्तमान राजदूत उपाध्याय

हिमालखबर

deepkumar 1भारतका लागि नेपालका निवर्तमान राजदूत दीपकुमार उपाध्यायले आफूलाई फिर्ता बोलाउने सरकारको निर्णय राजनीतिक भएकाले त्यसमा आफ्नो भन्नु केही नरहेको बताएका छन् ।

सरकारको निर्णयअनुसार भारतबाट आज स्वदेश फर्केका राजदूत उपाध्यायले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकारको निर्णयलाई आफूले सहज रुपमा लिएको प्रतिक्रिया दिए ।

राजदूत पदमा १३ महिना पाँच दिन बिताएका उपाध्यायले पदमा रहँदा भारतीय सिमानामा उत्पन्न आपूर्तिको असहज अवस्थालाई सामान्य बनाउन सक्दो प्रयास गरेको बताए ।

फिर्ता बोलाएको कारणबारे सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा उनले भने, “मलाई फिर्ता बोलाउने सम्बन्धमा परराष्ट्र मन्त्रालयले कुनै कारण खुलाएको छैन ।”

पदमा रहँदा आफूबाट कुनै गल्ती नभएको स्पष्ट पार्दै उनले त्यस सम्बन्धमा सार्वजनिक भएका हल्ला भ्रम मात्र रहेको दाबी गरे । उनले सरकारप्रति आफ्नो पूर्ण सम्मान रहेको र कुनै मर्यादा उल्लङ्घन नगरेको पनि बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणको तयारी पूरा भएको र अन्तिम समयमा आएर स्थगन हुनु दुःखद भएको भन्दै उनले एक–दुई घटनाले नेपाल–भारतबीचको सम्बन्धमा कुनै असर नपर्ने जिकिर गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...