समाचारआइतबार, जेठ २, २०७३
लुम्बिनीको शान्तिदीप सगरमाथा आधार शिविर पुर्याइने
बुद्धको जन्मस्थल लुम्बिनीमा रहेको अखण्ड शान्तिदीप सगरमाथाको आधार शिविर पुर्याइने भएको छ ।
नेपालका ओलम्पियन धावक वैकुण्ठ मानन्धर, खड्ग रानाभाट, कृष्ण बस्नेत, तीन पटकका एभरेष्ट म्याराथन विजेता दीपक राईसहित अन्य खेलाडी शान्तिको ज्योति लिएर लुम्बिनीबाट आज त्यसतर्फ प्रस्थान गरेका छन् ।
धावकहरु लुम्बिनीबाट तिलौराकोट, स्वयम्भु, बौद्धनाथको परिक्रमा गर्दै सोलु पुग्ने कार्यक्रम छ । उनीहरु आज ज्योति लिएर कपिलवस्तु हँदै काठमाडौँतर्फ लागेका छन् ।
बुद्धको जन्मस्थल लुम्बिनीको शान्तिदीपबाट लगिएको ज्योति धावकहरुले सोलु पुर्याएपछि सोलु गुम्बा परिक्रमा गर्दै सगरमाथा आधार शिविरसम्म लैजानेछन्ज्यो ।
गत वर्षको भूकम्प र नाकाबन्दीबाट खस्किएको पर्यटन पुनःजीवित गराउन यस्तो कार्यक्रम आयोजना गरिएको आयोजक नेपाल पर्यटन प्रतिष्ठान, बुद्धिष्ट सर्किट डट कम र तेन्जिङ हिलारी एभरेष्ट म्याराथनले जनाएका छन् ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
