समाचारसोमबार, जेठ ३, २०७३
सिंहदरबार घेराउले आज पनि ट्राफिक अस्तव्यस्त
मधेशी मोर्चासहितको संघीय गठबन्धनले गरेको सिंहदरबार घेराउका कारण आज पनि राजधानीको ट्राफिक ब्यवस्था अस्तव्यस्त भएको छ ।
मोर्चाका नेताहरुको नेतृत्वमा सिंहदरबार जाने नाका बबरमहल, माइतीघर, हनुमानथान, भद्रकाली लगायतका स्थानमा धर्ना बसेपछि राजधानीको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको हो ।
धर्नाकारीले निषेधित क्षेत्र तोड्न खोज्दा माइतीघरमा प्रहरी र गठबन्धनका कार्यकर्ताबीच सामान्य झडप भएको छ ।
धर्नाका कारण सवारी आवागमन सहज नहुँदा सिंहदरबारदेखि तीनकुने, कालिमाटी, कुपण्डोलसम्म जाम लागेको छ ।
संविधानप्रति असन्तुष्ट मधेशी मोर्चाले केही साना दलहरुसँग गठबन्धन गरी थालेको राजधानी केन्द्रित आन्दोलन अन्तर्गत भोलि ४ जेठसम्म विहान १० देखि साँझ ५ बजेसम्म सिंहदरबार घेराउ गरिरहेको छ ।
घेराउ कार्यक्रमको समिक्षा गरी यसलाई थप गर्ने वा आन्दोलनका अन्य कार्यक्रम तय गर्ने भन्ने बारे आज साँझ बस्ने गठबन्धनको बैठकले निर्णय गर्नेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
