समाचारसोमबार, जेठ ३, २०७३
संसदीय नियमावलीका लागि सहमतिको प्रयास जारी: उपप्रम गच्छदार
उपप्रधानमन्त्री विजयकुमार गच्छदारले संसदीय नियमावली सहमतिमै बनाउने प्रयास अन्तिम समयसम्म जारी रहने बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले नियमाबली मतदान प्रक्रियामा जानुअघिसम्म पनि सहमतिका लागि प्रयास जारी राखिने बताए ।
संविधान कार्यान्वयनका लागि पनि संसदीय नियमावली सहमतिमा जारी हुनुपर्छ भन्दै उनले यस विषयमा सोच्न प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसलाई आग्रह गरे ।
उनले स्थानीय निकायको निर्वाचन गराउन सरकार तयार रहेको र काँग्रेस तथा मधेशी मोर्चालाई निर्वाचनका लागि सकारात्मक हुनुपर्ने विषयमा जोड दिए ।
सङ्घीय गठबन्धनको आन्दोलनको सन्दर्भमा पत्रकारको जिज्ञासामा उनले वार्ताबाट नै समस्याको समाधान हुने उल्लेख गर्दै सरकारले पटकपटक वार्तामा आउन आग्रह गरेकाले आन्दोलनमा जान नहुने धारणा राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
