Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बर्दियाको डल्ला ‘होमस्टे’ उत्कृष्ट - Himalkhabar.com

थप समाचारसोमबार, जेठ ३, २०७३

बर्दियाको डल्ला ‘होमस्टे’ उत्कृष्ट

हिमालखबर

dallaबर्दिया राष्ट्रिय निकुञ्जको खाता जैविक मार्ग क्षेत्रमा पर्ने सुर्यपटुवा–४ डल्ला गाउँ होमस्टे नैपालकै उत्कृष्ट घोषणा भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, तारागाउँ विकास समितिले बर्दियाको जैविक मार्ग डल्ला सामुदायिक होमस्टेलाई उत्कृष्ट घोषणा गरेको हो ।

तेस्रो होमस्टे (घरवास) राष्ट्रिय कार्यशाला गोष्ठीमा तारागाउँ विकास समितिले उक्त होमस्टेलाई नेपालकै उत्कृष्ट घोषणा गर्दै एक लाख एक हजार रुपैँया प्रदान गरेको छ ।

होमस्टेमा आवासको व्यवस्था, खानपिन, स्थानीय परिकार, स्थानीय कला संस्कृति सरसफाइ, अतिथि सत्कार, होमस्टेमा आगन्तुकको पहुँच लगायतका सुविधाका आधारमा उत्कृष्ट घोषणा गरिएको समितिले जनाएको छ ।

२०६७ सालमा स्थापना भएको जैविक मार्ग अन्तर्गतको डल्ला गाउँमा २२ वटा होमस्टे घर छन् ।

Homesty 1st (1)वर्षेनी करिव १२ हजार भन्दा बढी आन्तरिक तथा वाह्य पर्यटक आउने गरेको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष परशुराम थारुले जानकारी दिए ।

डल्ला गाउँ होमस्टेमा थारु समुदायको बाहुल्यता भएकाले होमस्टेमा थारु परीकार र थारु संस्कृतिका विभिन्न नाच प्रस्तुत गरिन्छ ।
भावुक योगी, बर्दिया

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>