समाचारसोमबार, जेठ ३, २०७३
संघीय गठबन्धनले भोलि बालुवाटार घेर्ने
मधेशी मोर्चासहितको संघीय गठबन्धनले भोलि, ४ जेठमा बालुवाटार घेराउ गर्ने भएको छ ।
केही बेरअघि बसेको गठबन्धनको बैठकले प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्ने निर्णय गरेको हो ।
राज्यका विभिन्न निकाय र क्षेत्रमा दबाब दिने कार्यक्रम अन्तर्गत बालुवाटार घेराउ गर्न लागिएको मधेशी मोर्चाको एक घटक सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले जानकारी दिए ।
“सिंहदरबार घेराउको कार्यक्रम सफल रह्यो, हाम्रा मुद्दाहरुप्रति राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा गराउन सक्यौं,” सुमनले भने, “अब बालुवाटार घेराउ गर्ने भएका छौं ।”
४ जेठमा सिंहदरबार घेराउ नहुने भन्दै उनले बालुवाटार घेराउपछि बैठक बसेर आन्दोलनका थप कार्यक्रम ल्याइने जानकारी दिए ।
संविधानप्रति असन्तुष्ट मधेशी मोर्चाले अन्य दलसँग गठबन्धन गरी २६ बुँदे माग अघि सारेको छ । “हाम्रा माग पूरा नहुन्जेल आन्दोलन जारी रहन्छ,” सुमनले भने ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
