समाचारसोमबार, जेठ ३, २०७३

एमाओवादी अध्यक्ष दाहाललाई अदालतको अवहेलनामा मुद्दा

हिमालखबर

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्तिले अदालतको मानहानी भएको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ ।

द्वन्द्वको समयमा भएका मानवताविरुद्धका अपराधमा अदालतले गरेका फैसलालाई लिएर दाहालले व्यक्त गरेको धारणाले अदालतको मानहानी गरेको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले ३ जेठमा दायर गरेको मुद्दामा दाहाललाई हदैसम्मको कारवाहीको माग गरिएको छ ।

३१ वैशाखमा राजधानीमा भएको एक कार्यक्रममा दाहालले ‘अदालतले शान्ति सम्झौता विपरित काम गरेको र दिउँसै रात पार्न खोजेको’ भन्ने टिप्पणी गरेका थिए ।

अधिवक्ता त्रिपाठीले ‘पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले स्वतन्त्र न्यायालयमाथि प्रहार गरी अदालतको मानहानी गरेको’ भन्दै कानूनअनुसार कारबाहीको माग गरेका छन् ।

द्वन्द्वको समयमा भएका मानवअधिकारको गम्भीर उल्लंघनका घटनामा संलग्नलाई समेत सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत उन्मुक्ति दिने प्रयास गर्दै आएको एमाओवादीले ती घटनामा अदालती सुनुवाईको विरोध गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>