समाचारमंगलबार, जेठ ४, २०७३
पूर्व सभासद्लाई मरणाशन्न हुनेगरी कुटपिट
महोत्तरी जिल्लाबाट एमाओवादीकी पूर्व सभासद् बुधनीदेवी महतोलाई गए राति अज्ञात समूहले मरणाशन्न हुनेगरी कुटपिट गरेको छ ।
जिल्लाको लक्ष्मिनियाँ गाविस–८ घर भएकी पूर्व सभासद् महतो राति आफ्नै घरमा बसिरहेको बेला ८/१० जनाको समूहमा आएका अपरिचित व्यक्तिले उनलाई मरणाशन्न हुनेगरी कुटेको माओवादी नेता महादेव यादवले बताए ।
गएराति करिब १० बजेको समयमा अज्ञात व्यक्तिहरुले आफ्नै सुत्ने कोठामा बसिरहेकी महतोलाई शरीरभरि अन्धाधुन्द लठ्ठी र भाटा प्रहार गरी घाइते बनाएपछि उनललाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएको माओवादी नेता पिकरु पासवानले बताए ।
यादव अहिले हिँडडुल गर्न र बोल्न नसक्ने अवस्थामा छन् । उपचारमा संलग्न चिकित्सकले उनको अवस्था चिन्ताजनक रहेको बताएको पासवानले जानकारी दिए ।
पूर्वसभासद् महतोलाई कसले के कारण कुटपिट गरेको भन्नेबारे केही खुलेको छैन ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
