अर्थ/बजारमंगलबार, जेठ ४, २०७३

हुन्डाईको टिकट टु युरो कप शुरु

हिमालखबर

Hyundai Euro2016हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हेल्लो हुन्डाई ओनर्स’ कार्यक्रम शुरुवात गरेको छ । यसअन्तर्गत लक्ष्मी इन्टरकन्टिनेन्टलले दुई भाग्यशाली विजेताहरूलाई युरो कपको फाइनल खेल प्रत्यक्ष हेर्न अवसर प्रदान गर्नेछ ।

भाग्यशाली विजेताको छनोट लक्की ड्र मार्फत गरिने भएको छ । यसका लागि www.laxmihyundai.com/euro2016 मा दर्ता गरेका हुन्डाई प्रयोगकर्ता सहभागी हुने हुण्डाईले जनाएको छ । ‘टिकट टु यरो कप २०१६’ ३–१८ जेठसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...