समाचारमंगलबार, जेठ ४, २०७३

स्कुलबस दुर्घटना, २२ बालबालिका घाइते

हिमालखबर

school_bus_accident

बस दुर्घटनामा परी घाइते भएका बालबालिकाको स्वास्थ्यकेन्द्रमा उपचार गरिंदै । तस्वीर: सुरजकुमार भुजेल

मकवानपुरमा स्कूल दुर्घटना हुँदा २२ जना बालबालिका घाइते भएका छन् ।

मकवानपुरको थाहा नगरपालिका, शिखरकोटस्थित हिमालयन इंगलिस सेकेण्डरी बोर्डिङ स्कुलको बस विद्यार्थी लिएर स्कुलतर्फ जाँदै गर्दा दामन–डाँडाबास सडकखण्डको नागदह नजिकै ४ जेठ विहान ९ः४५ बजे सडकमा पल्टिएको हो ।

बा २ ख २०२८ नं. को बस पल्टिंदा घाइते भएका २२ जना बालबालिकाकोे प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय पालुङका प्रमुख विरेन्द्र पनेरुका अनुसार एकजना विद्यार्थीको हात भाँच्चिएको छ भने बाँकीलाई सामान्य चोटपटक लागेको छ ।

bus_accidentबस थोत्रो भएकोले पल्टिएको अभिभावकहरुले आरोप लगाएका छन् । यस अघि १८ चैतमा हेटौंडाको मक्रान्चुलीमा स्कुलबस दुर्घटना हुँदा ३५ जना घाइते भएका थिए ।
सुरजकुमार भुजेल, मकवानपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>