समाचारमंगलबार, जेठ ४, २०७३

समाजवादी बजेट आउँछः अर्थमन्त्री

हिमालखबर

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट समाजवादी हुने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको ‘प्रि बजेट राउण्ड टेवल’ छलफल कार्यक्रममा उनले भने, “संविधानमा नै समृद्धि र समाजवादको सपना देखिएको छ, त्यही आधारमा समृद्धि र समाजवादतर्फ जाने संकल्प गरेको बजेट आउँछ ।”
आगामी आर्थिक वर्षका लागि १५ जेठमै बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक ब्यबस्था छ ।

राजनीतिक किचलो र खिचातानीका कारण समयमा बजेट नआएपछि संविधानमै बजेटका लागि मिति तोकिएको हो ।

कार्यक्रममा प्राडा विश्वम्भर प्याकुरेल, पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्री लगायतका अर्थविद, सभासद गगन थापा, उदयसमशेर राणा तथा उद्योगी ब्यबसायीले बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रशासनिक संरचना सुधार, कानून निर्माण र संशोधन आवश्यक रहेको बताए ।

उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले उद्योग ब्यबसाय चलाउन विद्युत र उद्योग ब्यबसाय बन्द गरेर हिड्न सक्ने ‘एक्जिट प्वाइन्ट’ को सुनिश्चितता आवश्यक भएको बताए ।
“हामी कुनै छुट मागिरहेका छैनौं,” उनले भने ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>