Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
ड्रागन डान्स! - Himalkhabar.com

टिप्पणीमंगलबार, जेठ ४, २०७३

ड्रागन डान्स!

शेखर खरेल

सत्ता जोगाउने निहुँमा अन्धराष्ट्रवादको कूटनीतिक चालले प्रधानमन्त्रीलाई क्षणिक तुष्टि त देला, देशले भने अर्को संकट बेहोर्नुपर्नेछ।

draganपूर्वी तराईमा सीमापारिबाट आउने जङ्गली हात्तीका झुण्डले वेलाबखत वितण्डा मच्चाएको हामीले देख्दै, सुन्दै आएका छौं। बाढी र डुबान जस्ता प्राकृतिक प्रकोप, वन्यजन्तुको वितण्डादेखि मानवसिर्जित चोरीपैठारी, अपराधदेखि राजनीतिक सरगर्मीका कारण नेपाल–भारत सीमा अक्सर तरल हुने गर्दछ।

नेपाल–भारत सम्बन्धका जटिलता व्याख्या गर्ने प्रसंगमा’हात्ती आतङ्क’ एउटा प्रतीक बन्न सक्छ, किनकि विश्वको भू–राजनीतिक मानचित्रमा दक्षिणको विशाल छिमेकी भारतलाई हात्तीको बिम्बबाट पनि बुझने गरिन्छ।
पृथ्वीनारायण शाहले नेपालको भू–राजनीतिक अवस्थितिलाई दुई ढुङ्गाबीचको तरुल भनी अर्थ्याएका थिए।

दक्षिण भारत र उत्तर चीनको भूगोल, परम्परा र सामर्थ्यलाई बाँकी विश्वले क्रमशः हात्ती र ड्रागनको बिम्बमा लिने गरेबाट नेपालको अवस्थिति पृथ्वीनारायणले भनेको भन्दा जटिल र संवेदनशील रहेको छर्लङ्ग हुन्छ। यी दुई बिम्बहरूमध्येका विशालकाय थलचर हात्ती अस्तित्वमा रहे पनि ड्रागनको उपस्थिति मिथकमै सीमित छ।

ड्रागनलाई नाङ्गा आँखाले देख्न नसकिए पनि उसको उपस्थिति संभवतः प्रभावबाट अनुभूत गरिन्छ। यथार्थमा हाम्रा दुई छिमेकीसँगको सम्बन्ध र उनीहरूको हामीप्रतिको रवैया पनि हात्ती र ड्रागनको जस्तै रहिआएको छ। दक्षिणको हामीप्रतिको रवैया हात्ती जस्तै खुला र उदाङ्गो हुने गर्छ भने उत्तरतिरको चाहिं शान्त तर दूरगामी, ड्रागन जस्तै।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेकै बखत छिमेकी हिन्दूस्तानको पनि एकीकरणको प्रक्रिया अघि बढिरहेको थियो। तर, उताका एकीकरणकर्ता स्वदेशी थिएनन्, औपनिवेशकारी ब्रिटिश साम्राज्य थियो। तथापि सन् १८१६ को सुगौली सन्धिपछि र महात्मा गान्धीको ‘स्वराज’ सपना विपनामा रूपान्तरण भइनसकेको अवस्थासम्म भने नेपालको दक्षिणसँगको सम्बन्ध स्थिर नै रह्यो।

तर स्वराजको तीन वर्ष पनि नपुग्दै सन् १९५० को नेपाल–भारतबीचको ‘शान्ति तथा मैत्रीपूर्ण सन्धि’ नेपालको राजनीति र सामरिक चासोमा भारतीय भूमिका निम्त्याउने कोसेढुङ्गा बन्न पुग्यो।

सन् ५० यता नेपालको आन्तरिक राजनीतिमा भारत नै ‘निर्णायक’ देखिएको छ, जुन २०६२/६३ को दोस्रो जनआन्दोलनयता सूक्ष्म व्यवस्थापनको तहमा उत्रिसकेको छ। अझ् पछिल्ला केही वर्षहरूमा भारतको भूमिका अमर्यादित र नाङ्गो देखिन्छ। जसको पछिल्लो कडी निर्वाचित संविधानसभाको अत्यधिक बहुमतले पारित संविधानप्रति भारतको रवैया हो।

आफ्नै राजदूतको उपस्थितिमा जारी संविधानलाई उसले ‘जानकारी’ मा मात्रै लिएन, संविधानप्रतिको असन्तुष्टिलाई नाकाबन्दीको रणनीतिबाटै छताछुल्ल पार्‍यो। आफ्नो अभीष्ट साध्न उसले मधेशकेन्द्रित दलहरूको काँधबाट बन्दूक पड्काउनेसम्मको हर्कत गर्‍यो। तर, आफ्नो रवैयाको सर्वत्र (भारतभित्रै पनि) आलोचना भएपछि भारत पछाडि फर्कन बाध्य भयो।

अन्धराष्ट्रवादको महाभूल
सानो उत्तरी छिमेक नेपालमाथि अमानवीय नाकाबन्दी लगाउँदा भारतविरोधी भावना बढ्नु स्वाभाविक थियो। यस्तो रवैयाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘छिमेक पहिला’ को नारा झूटो सावित गरिदियो। नाकाबन्दीको समाप्तिपछि द्विदेशीय सम्बन्ध विस्तारै लिकमा फर्किंदै गरेको थियो, तर नेपालको तर्फबाट ठूलो कूटनीतिक भूल हुन पुग्यो।

असहजता र अविश्वासलाई आपसी सद्भाव र विश्वासका माध्यमबाट पुनर्जीवित गर्नुपर्नेमा अन्धराष्ट्रवादको पर्याय प्रधानमन्त्री केपी ओली सरकारले बन्दै गरेको सम्बन्धको पुलेसो नै भत्काइदिए। राष्ट्रपति विद्यादेवी भण्डारीको आसन्न भारत भ्रमणको तयारी र प्रोटोकल पूरा भइसकेको अवस्थामा सरकारले कुनै उचित कारण नदेखाई हठात् रद्द गर्‍यो।

यसबाट दुई देश बीच विद्यमान अविश्वास निराकरणका लागि प्राप्त राष्ट्रप्रमुखको भ्रमणको मौका गुमाएको मात्र छैन, राष्ट्रपतीय संस्थालाई समेत विवादमा तानेको छ। अर्को जघन्य गल्ती सरकारले भारतस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाएर गरेको छ। सरकार गिराउन चलखेल गरेको भन्ने उपाध्यायमाथिको आरोप पुष्टि गर्न नसकिने प्रकारको छ।

सरकार गठन/विघटनमा भारतको भूमिका नौलो होइन। असलमा आफ्नो सरकारलाई असफल बनाउने भारतीय प्रयासबाट क्रूद्ध ओलीले तातो रिस पोख्न यस्तो अपरिपक्व कदम चालेको बुझन ठूलै जानकार भइरहनुपर्दैन। तर, हात्तीको उपद्रव मत्थर पार्न ड्रागन निम्त्याउँदा ओली राष्ट्रवादले कुनै वैदेशिक हस्तक्षेप अनुभूत गर्नु परेन। यो श्रृंखलाबाट बुझिन्छ, एउटा हात्तीको वितण्डाबाट आक्रान्त नेपालले अब ड्रागनको प्रकोप झेल्नुपर्नेछ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>