Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सरकारी छाप किर्ते मुद्दामा डाक्टर पक्राउ - Himalkhabar.com

थप समाचारमंगलबार, जेठ ४, २०७३

सरकारी छाप किर्ते मुद्दामा डाक्टर पक्राउ

हिमालखबर

taranath pokhrelजिल्ला प्रहरी कार्यालय पाँचथरले २० वर्ष पुरानो मुद्दामा अनुसन्धान गर्न भन्दै पाँचथर जिल्ला अस्पतालका तत्कालीन प्रमुख डा. ताराप्रसाद पोखरेललाई पक्राउ गरेको छ ।

इलाम घर भएका डा. पोखरेललाई २०५३ सालमा उजुरी दर्ता भई तामेलीमा रहेको सरकारी छाप र दस्तखत किर्ते मुद्दामा अनुसन्धानका लागि प्रकाउ गरिएको पाँचथरका प्रहरी प्रमुख (डिएसपी) कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

औषधि व्यवसायी वसन्त पाण्डेले दर्ता गराएको मुद्दा अनुसन्धान गर्न भन्दै उनलाई पक्राउ गरिएको डिएसपी कोइरालाले बताए ।

डा पोखरेल पाँचथर अस्पतालको प्रमूख हुनुपूर्व उजुरीकर्ता पाण्डेले अनिरुद्र सहकारी मार्फत अस्पताल परिषर भित्रै औषधि पसल सञ्चालन गर्दै आएका थिए ।

डा पोखरेल मेसु भएर आएपछि अस्पताल परिषरमा निजी पसल राख्न नपाइने अस्पताल विकास समितिले निर्णय गरेको थियो । समितिको निर्णयबाट पसल बन्द गराइए पनि पाण्डेले मन्त्रालयवाट अस्पताल परिषरमा पसल सञ्चालन गर्न दिनु भन्ने आशयको पत्र लेखाएर ल्याएका थिए ।

मन्त्रालयबाट पत्र आए पनि समितिले आफ्नो निर्णय सच्याउन नचाहेपछि पाण्डेले पोखरेललाई विपक्षी बनाई अदालतमा मुद्दा दर्ता गराए तर अदालतले डा पोखरेलका पक्षमा फैसला सुनायो ।

तर पाण्डेले फेरि डा पोखरेलले विभागको पत्रमा टिपेक्स लगाई सरकारी छाप दस्तखत किर्ते गरेको भन्दै २०५३ मा अर्को मुद्दा दर्ता गराएका थिए । त्यही मुद्दामा अनुसन्धानका क्रममा उनी अहिले पक्राउ गरेका हुन् ।

प्रहरीले पोखरेलमाथि अनुसन्धान गर्न भन्दै ७ दिनको म्याद थप गराएको छ ।

२०५२ देखि ०५६ सालसम्म पाँचथर अस्पतालमा मेसुको जिम्मेवारी सम्हालेका डाक्टर पोखरेलले त्यसपछि इलाम अस्पताल हुँदै स्वास्थ सेवा विभागको बालरोग महाशाखा तथा बिपद् व्यवस्थापन महाशाखा प्रमुखसम्मको जिम्वेवारी सम्हालिसकेका छन ।

महाशाखामा रहँदा अनियमितता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप लगाएपछि उनी निलम्बित अवस्थामा छन् ।
लक्ष्मी गौतम, पाँचथर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>