थप समाचारमंगलबार, जेठ ४, २०७३

सिमावर्ती क्षेत्रमा बाघ संरक्षणको थप कार्यक्रम

हिमालखबर

samjhautaभारतीय सिमावर्ती क्षेत्रमा पर्ने तराईका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरूमा बाघ संरक्षणका लागि संयुक्त रुपमा काम गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष र जियोलोजिकल सोसाइटी अफ लण्डन (जेडएसएल) बीच सम्झौता भएको छ ।

पर्सा वन्यजन्तु आरक्ष, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा आसपासको मध्यवर्ती क्षेत्रमा संयुक्त रुपमा बाघ संरक्षणका क्रियाकलापहरू सञ्चालन गर्न सम्झौता भएको कोषले जनाएको छ ।

सम्झौतापत्रमा कोषका सदस्य सचिव गोविन्द गजुरेल र जेडएसएलका राष्ट्रिय प्रवन्धक डा. हेमसागर बराललले हस्ताक्षर गरेका छन् ।

कोषले वार्षिक रुपमा क्यामरा ट्रयाप गरी बाघ तथा आहार प्रजातिको अध्ययन गर्ने, सुरक्षा संयन्त्रलाई प्रभावकारी बनाउने क्रियाकलापहरू सञ्चालन गर्ने, सुरक्षा पोष्टहरू निर्माण तथा मर्मत गर्ने, समुदायमा आधारित चोरी शिकार नियन्त्रण समूहहरूलाई सशक्त पार्ने लगायतका काम गर्ने सम्झौतापत्रमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>