Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सुर्खेतकी मञ्जु भाइबहिनीसँगै स्कुल जान थालिन् - Himalkhabar.com

थप समाचारमंगलबार, जेठ ४, २०७३

सुर्खेतकी मञ्जु भाइबहिनीसँगै स्कुल जान थालिन्

हिमालखबर

तस्वीर: लक्ष्मी भण्डारी

तस्वीर: लक्ष्मी भण्डारी

बाबु–आमाले छोडेपछि अलपत्र परेका सुर्खेत, वीरेन्द्रनगर–२० का मञ्जु बिक र उनका भाईबहिनीका लागि सहयोग जुटेको छ ।

हिमाल खबरमा ‘साँझ बिहान खान पाए म पनि स्कुल जान्थेँ’ शीर्षकमा समाचार प्रकाशित भएपछि स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले उनलाई सहयोग गरेका हुन् ।

सहयोग प्राप्त भएलगत्तै ११ वर्षीया मञ्जु त्रिपुरेश्वर उच्च मावि ढोडेखालीमा सात कक्षामा, नौ वर्षीया सम्झना सरस्वती प्राविमा र ६ वर्षीय अर्जुन कोपिला भ्याली बोर्डिङ स्कुलमा पढ्न थालेका छन् । (सहयोगीहरुको नामाबली यही समाचारमा तल दिइएको छ)

महावीर पुन, विष्णु श्रेष्ठ र बालशान्ति गृह
विचल्लीमा परेका तीन बालवालिकालाई अहिले जुटेको रकमले छोटो समयका लागि मात्रै सहयोग पुग्ने भएकाले उनीहरुलाई १० कक्षासम्म पढाउने र स्याहार्ने जिम्मा दाङको बालशान्ति गृहले लिने भएको छ ।

त्यसका लागि चितवन घर भई अष्ट्रेलियामा बसोबास गर्दै आएका विष्णु श्रेष्ठ र समाजसेवी म्याग्दीका महावीर पुनले वार्षिक ९०/९० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएका छन् ।

अष्ट्रेलियाको ‘मेरिगोल्ड किड्स क्लव’ ले रकम संकलन गरी सहयोग गर्ने क्लवमा आवद्ध श्रेष्ठले जानकारी दिए ।
त्यसैगरी अर्का सहयोगी पुनले व्यक्तिगत रुपमा नै सहयोग गर्ने बताएका छन् ।

“मेरिगोल्ड क्लव विद्यालय जाने उमेरका बालवालिकाको समूह र उनीहरुका अभिभावकको प्रयासले जन्मदिनको उपहारस्वरुप नेपालका असाहय तथा शैक्षिक अवसरबाट वञ्चित रहेका बालवालिकाको लागि आर्थिक सहयोग स्वरुप पठाउने अभियान हो,” श्रेष्ठले अष्ट्रेलियाबाट फोनमा भने, “यही अभियानअन्र्तगत क्लवले सुर्खेतका तीन असहाय बालवालिकाहरुलाई दीर्घकालीन सहयोगको लागि रकम संकलन गर्ने संकल्प राखेका हौँ ।”

यिनीहरुको पढाइदेखि पालनपोषण, स्वास्थ्य हेरचाह सबै बालगृहले नै हेर्ने सहमति भएको छ ।

अहिले एसएलसीसम्मको जिम्मा लिए पनि बालवालिकाले पढ्ने रुचि देखाएमा उच्च शिक्षासम्म अध्ययन गर्ने व्यवस्था गरिदिने बालगृह सञ्चालक भोलानाथ योगीले बताए ।

यी बालवालिकालाई हिन्दु विद्यापिठ बोडिङ स्कुल घोराही दाङमा पढाइने उनले बताए ।

शुरुको सहयोग
समाचार पढेपछि बालबालिकालाई
साउदीबाट रामबहादुर बिकले रु ११ हजार,
कोरियाबाट किरण बरालले रु ८ हजार,
ब्रुनाईबाट जंगबहादुर थापाले रु ७ हजार ८००,
चितवनबाट मेलिना देवकोटाले रु ५ हजार र
मकवानपुरबाट मनिका बिकले रु ४ हजार ६७०
सहयोग गरेका छन् ।

उक्त ३६ हजार ४७० रुपैयाँ जिल्ला बाल कल्याण समितिको संरक्षकत्वमा एसबीआई बैंकमा बालवालिकाहरुको संयुक्त खाता नम्बर २०८१५२४३१०००१५ मा जम्मा गरिएको छ ।

त्यसैगरी सुर्खेत महिला जेसिज तथा जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुबाट खाद्यान्न र कपडा र स्टेशनरी सहयोग भएको छ ।
अहिले स्कुल ड्रेस लगाएर भाइबहिनीसँग घरबाट स्कुलका लागि निक्लने मञ्जुको मुहारमा खुशी देख्न सकिन्छ ।

“पहिला साँझ बिहानको खर्च जुटाउन घाँस दाउरा गर्नुपर्ने भएकाले विद्यालय जान पाएकी थिइन,” उनले भनिन्, “अहिले हामी तीन भाइ बहिनी सँगै विद्यालय जान्छौं ।”

उनीहरुलाई विद्यालयबाट पनि छात्रवृत्ति उपलब्ध गराइने सरस्वती प्राविका प्रधानाध्यापक बाटुली अधिकारीले बताइन् ।

विद्यालयबाट पठनपाठनमा सहयोग गरिए पनि यी बालवालिकाको घरमा अभिभावक नहुँदा समस्या हुने भएकाले पुन र श्रेष्ठको सहयोग रहनेगरी बालबालिकालाई दाङको बालगृहमा पठाइने भएको हो ।
लक्ष्मी भण्डारी, सुर्खेत

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>