Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पूर्वसभासद्लाई मारपिट गरेको आरोपमा तीन पक्राउ - Himalkhabar.com

थप समाचारबुधबार, जेठ ५, २०७३

पूर्वसभासद्लाई मारपिट गरेको आरोपमा तीन पक्राउ

हिमालखबर

पूर्वसभासद् बुधनीदेवी महतो

पूर्वसभासद् बुधनीदेवी महतो

एनेकपा माओवादीकी पूर्वसभासद् बुधनीदेवी महतोलाई मरणासन्न हुने गरी मारपिट गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गौशालाले सो घटनामा संलग्न भएको भन्दै लक्ष्मिनियाँ–८ का ३४ वर्षीया नथुनी यादव, २९ वर्षीय नरेश यादव र ४६ वर्षीय रामईश्वर यादवलाई मङ्गलबार दिउँसो घरबाट पक्राउ गरेको हो ।

फरार रहेका उनीहरुलाई प्रहरीले घरबाटै पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए । पक्राउ परेका तीनैजनालाई आवश्यक कारबाहीका लागि जलेश्वर पठाइएको प्रहरी निरीक्षक पोखरेलले जानकारी दिए ।

उनीहरुले सोमबार राति महतोको घरमा प्रवेश गरी घरेलु हतियार प्रयोग गरी मरणासन्न हुने गरी कुटपिट गरेका थिए । गम्भीर घाइते भएकी पूर्वसभासद् महतोको अहिले जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

गाँउका दुई समूहबीच लामो समयदेखि चल्दै आएको एक विवाद समाधान गर्ने क्रममा महतोको भूमिकाप्रति असन्तुष्ट रहेको उक्त समूहले मारपिट गरेको स्थानीयवासीले बताएका छन् ।

समयमै इलाका प्रहरी कार्यालय गौशाला र प्रहरी चौकी कान्तिबजारबाट गएको गस्ती घटनास्थलमा पुगेकाले उनीहरु फरार भएका थिए । पहिलो संविधानसभाको निर्वाचनमा महतो एमाओवादी महोत्तरी क्षेत्र नं ६ का तर्फबाट समानुपातिकतर्फबाट सभासद्मा चुनिनुभएको थियो । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>