खेलकुदबुधबार, जेठ ५, २०७३

खुम्बुमा ‘यु १६’ फुटबल

हिमालखबर

footballखुम्बु क्षेत्रमा औपचारिक शिक्षाको शुरुवात गर्ने सर एडमण्ड हिलारीको स्मरणमा खुम्जुङ स्कुल एल्मुनाई एसोसिएसन र खुम्जुङ माध्यमिक बिधालय व्यवस्थापन समितिले “सर एडमण्ड हिलारी मेमोरियल अन्डर १६ फुटबल कप” आयोजना गर्नेभएकोछ ।

खेल खुम्जुङ माध्यमिक बिद्यालयको खेल मैदानमा १६ जेठबा६ शुरुभई ४ दिनसम्म चल्नेछ l स्थानीयस्तरको यो खेलमा खुम्जुङ्, नाम्चे तथा चौरीखर्क गा.वि.सका विभिन्न संघसंस्थाले भाग लिने छन् ।

१६ बर्ष मुनिका खेलाडीहरु मात्र खेल्न पाउने यो खेलको उद्देश्य हिमाली क्षेत्रबाट खेलाडी उत्पादन गर्नु रहेको खुम्जुङ् स्कुल एल्मुनाई एसोसिएसन तथा यस खेलका संयोजक ङिमा ग्याल्जेन शेर्पाले बताए l

एसोसिएसनले फुटबल खेलाडीहरुलाई ४५ दिने अन्डर १६ फुटबल कोचिंग कार्यक्रम पनि सञ्चालन गरिरहेको छ ।

football_khumbuखेलमा प्रथम हुने टोलीले रु ४० हजार, दोस्रोले रु २० हजार प्राप्त गर्नेछन् । साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोल कर्ता, उत्कृष्ट गोल रक्षक तथा अनुशासित समूहलाई समेत पुरस्कृत गरिने आयोजक संस्थाले जनाएको छ ।

एडमण्ड हिलारी र तेञ्जिङ् नोर्गेले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...