समाचारबुधबार, जेठ ५, २०७३
गठबन्धनद्वारा १७ जेठसम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा
राजधानी केन्द्रित आन्दोलन शुरु गरेको संघीय गठबन्धनले थप १० दिन उपत्यकाका भित्री क्षेत्रमा विरोधसभाको कार्यक्रम घोषणा गरेको छ ।
गठबन्धनको ५ जेठ विहान बसेको बैठकले उपत्यका केन्द्रित दश दिने र दुई दिन राजधानी बाहिर जुलुश र सभागर्ने कार्यक्रम तय गरेको हो ।
यसअघि गठबन्धनले दुई दिन सिंहदरबार र एक दिन बालुवाटार घेराउ गरेको थियो भने आज शान्ति बाटिकामा रत्नपार्क गर्दैछ ।
आन्दोलनका कार्यक्रम
६ गते मंगलबजार, ७ गते नयाँ बानेश्वर, ८ गते स्वयम्भू, ९ गते चावहिल चोक, १० गते कीर्तिपुर नयाँबजार, ११ गते भक्तपुर न्यातपोल, १२ गते बालाजु बाइपास, १३ गते कलंकी चोक, १४ गते मध्यपुर थिमी, १५ गते वसन्तपुरमा जुलुस र विरोधसभा गर्ने ।
त्यस्तै १६ गते वीरगञ्ज र १७ गते पोखरामा र्या,ली र विरोधसभा गर्ने ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
