Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अरुले नसक्ने काम हामीलाई देऊ: प्रधानसेनापति क्षत्री - Himalkhabar.com

समाचारबुधबार, जेठ ५, २०७३

अरुले नसक्ने काम हामीलाई देऊ: प्रधानसेनापति क्षत्री

हिमालखबर

प्रधान सेनापति राजेन्द्र क्षत्रीले सरकारले दिएको जुनसुकै जिम्मेवारीलाई दृढतापूर्वक पूरा गर्ने बताएका छन् ।

राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरअन्तर्गत बागलुङ–मालढुङ्गादेखि टाकुरीसम्मको १४ किमी सडकको आज उद्घाटन गर्दै उनले देश विकासका लागि सेनाले सशक्त भूमिका खेल्ने बताए ।

“सम्बन्धित निकायले दिएको जिम्मेवारी पूरा गर्न नेपाली सेना सधैँ कटिबद्ध छ,” प्रधानसेनापति क्षत्रीले भने– “हामीसँग दक्ष जनशक्ति, स्रोतसाधन र काम गर्ने कटिबद्धता छ ।”

उनले कालिगण्डकी करिडोरमात्रै नभएर देशका अन्य विकास निर्माणका काममा नेपाली सेना खटिएको बताए । सामरिक हिसाबले महत्वपूर्ण, अन्य निकायले नसक्ने र कठिन क्षेत्रमा सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिनसमेत उनले आग्रह गरे ।

“हामीलाई नेपाल सरकार र सम्बन्धित निकायको विश्वासको खाँचो छ, हामी जस्तोसुकै दायित्व निर्वाह गर्न तयार छौँ,” क्षत्रीले भने ।

उनले नेपालको उत्तर–दक्षिण जोड्ने सबैभन्दा छोटो दूरीको कालिगण्डकी करिडोर रणनीतिक र सामरिक हिसाबले पनि महत्वपूर्ण रहेको बताए ।

“कालिगण्डकी करिडोर आर्थिक, सामाजिक, राजनीतिक हिसाबले पनि महत्वपूर्ण छ,” उनले भने– “नेपाली सेनाको अध्ययनमा यो करिडोर सामरिक र रणनीतिक हिसाबले पनि उत्तिकै महत्वपूर्ण छ ।”

विकास समितिका सभापति रवीन्द्र अधिकारीले सेनाले एक वर्षको समयावधिभन्दा पहिल्यै १० महिनामै मालढुङ्गा–टाकुरी खण्ड पूरा गरेकामा प्रशंसा गरे ।

अधिकारीले भने– “विकास समितिकातर्फबाट सेनालाई पूर्वाधार विकासको क्षेत्रमा लगाउने विषयमा पूर्ण सहयोग रहेनछ । हामीले बजेट अभाव हुन दिने छैनौँ ।”

मार्ग खोल्न बाँकी उक्त खण्डको निर्माण जिम्मा पनि सरकारले नेपाली सेनालाई दिएको छ । सेनाले यसअघि गुल्मी खण्डको ४२ किमी र म्याग्दी–मुस्ताङ खण्डको समेत काम सम्पन्न गरेको थियो ।

टाकुरी–पालुङखोला २२ किमी सडकको मार्ग खोल्ने काम पूरा भए नेपाल–भारत सीमा सुनौलीदेखि चीनसँगको नाका मुस्ताङको कोरलासँग सिधा ३५३ किमी सडक पूरा हुने जनाइएको छ ।

समयमै बजेट निकासा भए आगामी वर्षभित्र उक्त खण्ड पूरा हुने नेपाली सेनाको कालिगण्डकी करिडोर निर्माण कार्यदलका प्रमुख इञ्जिनियर रेश्मीराज भट्टराईले बताए । करिडोरको बागलुङ–मालढुङ्गादेखि–टाकुरीसम्मको सडकमा आजदेखि नै सार्वजनिक यातायात सञ्चालन भएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>