अर्थ/बजारबुधबार, जेठ ५, २०७३

हुवावेको नयाँ स्मार्टफोन बजारमा

हिमालखबर

GR3-e1453447479280
स्मार्टफोनमा विश्व चर्चित ब्राण्ड हुवावेले जिआर–३ स्मार्टफोन नेपाली बजारमा लन्च गरेको छ । यो टाइटेनियम ग्रे, सिल्भर र स्याम्पियन गोल्ड कलरमा उपलब्ध छन् ।

युवा पुस्ता लक्षित जिआर–३ मा ८–कोर ६४ बिटको सिपियु छ । उत्कृष्ट पर्फरमेन्स र फाष्ट प्रोसेसिङ स्पीड भएको एण्ड्रोईड फोनमा २ जिबी र्याम र १६ जिबी रोम सुविधा रहेको कम्पनीले जनाएको छ ।

स्लिम फस्लेज् र एभिएसन अल्मुनियम एलोए बडीले जिआर–३ लाई निकै नै पातलो र हल्का बनाएको कम्पनीको दाबी छ । यसमा १३ एमपिको ब्याक क्यामरा र ५ एमपि फ्रन्ट क्यामरा छ ।

स्मार्टफोनको मूल्य रु. २१ हजार ९९९ तोकिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...