समाचारबुधबार, जेठ ५, २०७३

संविधान पुनर्लेखनको माग बेमौसमको बाजा: कोइराला

हिमालखबर

नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले संविधान पुनर्लेखनको माग राखेर आन्दोलन गर्नुको कुनै तुक नभएको बताएका छन् ।

प्रेस युनियन रुकुमले आज खलङ्गामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “विश्वमा यस्तो संविधान बिरलै बनेको छ, संविधानसभाको ९० प्रतिशत प्रतिनिधिले निर्माण गरेको संविधान पुनर्लेखन नभई जनताकै चाहना र आवश्यकतामा मात्रै संशोधन हुन सक्छ ।”

केही अमूक शक्तिले संविधान पुनर्लेखनको माग गर्नुलाई ‘बेमौसमको बाजा’को सङ्ज्ञा दिँदै महामन्त्री कोइरालाले वार्तामार्फत नै समस्याको समाधान गर्न आन्दोलनरत पक्ष र सरकारलाई आग्रह गरे ।

मधेश समस्याप्रति पार्टी गम्भीर भएको बताउँदै उनले अगाडि भने, मधेशलगायत आन्दोलनरत पक्षसँग वार्तामार्फत समाधान खोज्न कांग्रेस तयार छ, तर राष्ट्रियता खतरामा पर्ने गरी सम्झौता गर्न कांग्रेस बाध्य हुँदैन ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>