Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अस्पतालबाट पन्ध्र बिचौलिया पक्राउ - Himalkhabar.com

थप समाचारबिहीबार, जेठ ६, २०७३

अस्पतालबाट पन्ध्र बिचौलिया पक्राउ

हिमालखबर

bichauliyaचितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल कृष्णपुरमा लामो समयदेखि बिरामीलाई दुःख दिँदै आएका १५ बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार अस्पतालमा उपचार गराउन आएका बिरामीलाई सस्तोमा उपचार गराइदिने, प्रयोगशाला परीक्षण गराइदिने, होटलको व्यवस्था गरिदिने लगायत प्रलोभन देखाइरहेको समयमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा भरतपुर–७ का ईश्वरी प्रसाद न्यौपाने (६६ ), राजन गुने (२४), गंगा प्रसाद जैसी (४५), राम प्रसाद काफ्ले (३०), भीमप्रसाद चापागाई (४७), विकास पौडेल (२२), प्रभात शर्मा (२०), सुन्दर लिम्बु (२९), टिकाराम लामिछाने (३१), शोभा लामिछाने (३२)ं बसुन्धरा अधिकारी (४६), कुमारी लामिछाने (२८) र सरिता शर्मा (२७) रहेका छन् ।

बिरामीका सहयोगी भनेर बिचौलियाका रुपमा काम गर्ने उनीहरुका बिरुद्ध यस अघि पटक–पटक प्रशासनमा उजुरी परेपछि पक्राउ गरिको प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले बताए ।

पक्राउ पर्नेमा अधिकांश होटल व्यवसायी र औषधि पसलेहरु छन् । उनीहरुलाई बिहिबार जिल्ला प्रशासनले सात दिनका लागि अनुसन्धान गर्न म्याद थप गरेको छ ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा चीनबहादुर पुनले अस्पतालले सम्झाउँदा बुझाउँदा पनि अटेर गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको बताए ।

अस्पतालमा स्थापनाकालदेखि नै दलालको बिगबिगी रहेको भन्दै उनले नियन्त्रण गर्न सके बिरामी नठगिने बताए ।

अधिकांश चिकित्सक कर्मचारीको निजी अस्पताल, क्लिनिक, औषधि पसल र होटलमा लगानी समेत रहेकाले बिचौलियाको दरो पकड अस्पतालमा रहेको छ जसका कारण बिरामी ठगिँदै आएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>