Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
प्रेस चौतारी अध्यक्षमा बस्नेत, महासचिवमा राई - Himalkhabar.com

थप समाचारशुक्रबार, जेठ ७, २०७३

प्रेस चौतारी अध्यक्षमा बस्नेत, महासचिवमा राई

रासस

एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको आठौँ महाधिवेशनले अध्यक्षमा गणेश बस्नेतलाई सर्वसम्मतिले चयन गरेको छ ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, महिला उपाध्यक्षमा टीका विष्ट, समावेशी उपाध्यक्षमा सइन्द्र राई, प्रदेश नं १ उपाध्यक्षमा लीलाराज भट्टराई, २ मा लालबाबु शेष, ३ मा विश्वमणि सुवेदी, ४ मा गणेश पाण्डे, ५ मा सविन प्रियासन चौधरी, ६ मा वीरबहादुर गिरी र ७ मा नरेन्द्र साउद चयन भएका छन् ।

चौतारीका महासचिवमा राजेश राई तथा उपमहासचिवमा रामकुमार एलन र हिरामान लामा निर्वाचित भएको घोषणा एमाले सचिव योगेश भट्टराईले गरे ।

यसैगरी खुला सचिवमा भरत केसी, अमृतनाथ तिमिल्सिना, रामकृष्ण शर्मा र सुरोजङ्ग पाण्डे, मधेसी सचिवमा भउचप्रसाद यादव, जनजाति सचिवमा देविका घर्ती मगर र दलित सचिवमा हेमकर्ण विक चुनिएका छन् ।

कोषाध्यक्षमा इन्द्र आचार्य तथा लेखा र अनुशासन आयोगका संयोजकमा क्रमशः विक्रम लुइँटेल र जे पाण्डे चुनिए ।

बाँकी सदस्यको निर्वाचन प्रक्रिया आज ७ जेठ बिहान शुरु हुने निर्वाचन समितिका संयोजक तीर्थ कोइरालाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>