समाचारशुक्रबार, जेठ ७, २०७३
लमजुङ बस दुर्घटनाः मृतकको संख्या ११ पुग्यो (नामावली सहित)

तस्वीर: युवराज श्रेष्ठ/हिमालखबर
लमजुङको मध्यनेपाल नगरपालिका–५ स्थित तारेभीरमा ६ जेठ साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
९ जनाको घटनास्थलमा र दुई जनाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
तनहुँको सदरमुकाम दमौलीबाट लमजुङको दुईपिप्ले, सोतिपसल हुँदै जिताकोट जाँदै गरेको ना ६ ख ४१३६ नम्बरको बस भीरबाट झण्डै ३ सय मिटर तल खसेको थियो ।
सहचालकले चलाएका कारण दुर्घटना भएको घाईते यात्रुले प्रहरीलाई बताएका छन् । सवारीका चालक सुरज बिकलाई नियन्त्रणमा लिएर प्रहरी चौकी सोतिपसलमा राखिएको छ भने सवारी चलाउने सहचालक सुन्दरबजार नपा १३ का सन्तोष बसौलालाई उपचारका लागि पोखरा लगिएको छ ।
घटनामा मृत्यु हुने र घाईते हुने सबै मध्यनेपाल नगरपालिकाको वडा नम्बर १ का हुन् ।
मृतकको नाम
१, रमा गुरुङ ४० बर्ष
२, रामकृष्ण गुरुङ ६० बर्ष
३, चिनमाया गुरुङ ८० बर्ष
४, राजिव गुरुङ ३५ बर्ष
५, शेरबहादुर थापा ४५ बर्ष
६, गणेश गुरुङ ३० बर्ष
७, मिना कुमारी गुरुङ ४५ बर्ष
८, सविना खवास १८ बर्ष
९, नारायण थापा ४५ बर्ष
१०, सागर थापा १६
११, जया खवास ३ महीना
घाईतेहरु
१, सुकिमत गुरुङ २२ बर्ष
२, विष्णुमाया गुरुङ ४८ बर्ष
३, टेकबहादुर खवास ६१ बर्ष
४, संझना थापा ४० बर्ष
५, लिलामाया खवास ७० बर्ष गम्भिर
६, सुर्य खवास २३ बर्ष गम्भिर
७, नेत्रबहादुर गुरुङ ४२ बर्ष गम्भिर
८, सहचालक सुन्दरबजार नपा १३ सन्तोष बसौला २२ बर्ष
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
