समाचारशुक्रबार, जेठ ७, २०७३
विवादित विषयको टुङ्गो जनताले लगाउँछन्: महामन्त्री कोइराला
नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले प्रदेशको सीमाङ्कन लगायतका विवादित विषयमा हेरफेर गर्न सकिने बताएका छन् ।
रिपोर्टर्स क्लब दाङले ७ वैशाखमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा महामन्त्री कोइरालाले जनताले चाहेमा सबै कुरा परिवर्तन सक्ने भन्दै अहिलेको संविधान परिवर्तनीय भएकाले विवादित कुरालाई जनताले टुङ्गो लगाउन पाउनुपर्ने बताए ।
“८० प्रतिशत हिन्दू भएको देशलाई धर्मनिरपेक्ष कसरी घोषणा गर्न सकिन्छ, यसले पछि द्वन्द्व निम्त्याउने खतरा हुन्छ, यसलाई समयमै जनमत सङ्ग्रह वा जनताको भावनाअनुसार निर्णय गर्नुपर्छ”, उनले भने ।
अतिवादी शक्ति विभिन्न बहानामा अस्थिरता निम्त्याउन लागेको भन्दै त्यसो हुन नदिन पनि बेलैमा समस्याको समाधान गर्नतर्फ दलहरु लाग्नुपर्ने उनको तर्क थियो ।
त्यस्तै, उनले ओली सरकार धेरै दिन टिक्न नसक्ने दाबी गरे । “सरकार गिराउने खेलमा कांग्रेस लागेको छैन, यो सरकार आफैँ गिर्छ, कसैले गिराउनु पर्दैन”, उनले भने ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
