Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बैतडीमा आत्महत्या घटना दोब्बर बढी - Himalkhabar.com

थप समाचारशुक्रबार, जेठ ७, २०७३

बैतडीमा आत्महत्या घटना दोब्बर बढी

हिमालखबर

बैतडीमा आत्महत्याका घटना गत वर्षभन्दा दोब्बरले बढेको छ ।

जिल्ला प्रहरी कार्यालयले बैतडीका अनुसार गत आर्थिक वर्षमा १६ वटा आत्महत्याका घटना भएका थिए भने चालु आर्थिक वर्ष सकिन दुई महिना बाँकी छँदै आत्महत्या गर्नेको सङख्या २७ पुगेको छ । जसमध्ये सबैभन्दा बढी २२ जनाले झुन्डिएर आत्महत्या गरेका छन् ।

त्यस्तै, विष सेवन गरेर तीन जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटका प्रमुख प्रहरी नायब निरीक्षक धर्मानन्द भट्टले बताए । उनले भने, “एक जनाले आत्मदाह र एक जनाले नदीमा हाम फालेर आत्महत्या गरेका छन् ।” गत आव २०७१/७२ मा झुन्डिएर १४ र विष सेवन गरेर दुई जनाले जनाले आत्महत्या गरेका थिए ।

आत्महत्याका घटना बढ्दै जानुमा पारिवारिक कलह, कमजोर आर्थिक स्थिति, मानसिक रोग, मादकपदार्थ सेवन लगायतका कारण रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए ।

उनले भने, “प्रेममा धोका पनि आत्महत्याको कारण रहेको छ ।” आत्महत्यालाई कम गर्न प्रहरीले जनचेतनाको कार्यक्रम व्यापकरुपमा सञ्चालन गरिरहेको भएपनि यो नियन्त्रणमा चुनौती रहेको समेत उनले बताए ।

आत्महत्या रोक्ने प्रयास गरौ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>