Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
८४ मेडिकलले महासंघ छाडे - Himalkhabar.com

थप समाचारशुक्रबार, जेठ ७, २०७३

८४ मेडिकलले महासंघ छाडे

हिमालखबर

कामदारको हितविपरित र अनियमितता गरेको आरोप लगाउँदै ८४ मेडिकल ब्यवसायीले स्वास्थ्य व्यवसायी महासंघको साधारण सदस्यता त्यागेका छन् ।

स्वास्थ परीक्षण प्रमाणपत्रमा टाँसिने होलोग्राममा अनियमितता गरेको, स्वास्थ परीक्षणकै कारण विदेशबाट फर्किन बाध्य कामदारलाई क्षतिपूर्ति नदिए र कामदारको हित विपरित बायोमेट्रिक प्रणाली भित्र्याएकोे भन्दै ८४ मेडिकल ब्यबसायीले स्वास्थ ब्यबसायी महासंघ २०६२ को साधारण सदस्यतासमेत त्यागेका हुन् ।

ती मेडिकल ब्यबसायीले महासंघमा ५ जेठमा राजीनामा पेश गर्दै रू. ५ करोड ७० लाख फिर्ता मागेका छन् । उक्त रकम फिर्ता नपाए अशुलीका लागि कानूनी प्रक्रियामा जाने संयुक्त राजीनामापत्रमा उल्लेख छ ।

महासंघ २०६२ नामक संस्थाको सदस्य रहँदा फिर्ता पाउने गरी बुझाएको रू. ६५ लाख, होलोग्रामको धरौटीवापत बुझाएको रू. २१ लाख र स्वास्थ परीक्षणमा असफल भइ विदेशबाट फर्किन बाध्य कामदारको क्षतिपूर्तिवापत रू. ४ करोड ८४ लाख फिर्ता पाउनुपर्ने उनीहरुको माग छ ।

महासंघ २०६२ ले क्षतिपूर्ति दिने भन्दै आफ्ना सदस्य संस्थामार्फत कामदारबाट उठाएको करिब ३३ करोड रुपैयाँ अनियमितता गरेको छ ।
८४ मेडिकल ब्यबसायीले राजीनामा दिनपर्नाको अन्य कारणमा महासंघ विधान र प्रचलित विधि प्रतिकूल चलेको, संस्थाको काम कारवाही र तौरतरिकामा चित्त नबुझेको, सीमित सदस्यलाई लाभ हुनेगरी काम गरेको, संस्थाको चल अचल सम्पति दुरुपयोग र अनियमितता गरेको लगायत उल्लेख छ ।

यसअघि यिनै कारण देखाउँदै महासंघ २०६२ का वरिष्ठ उपाध्यक्ष सीताराम रेग्मीसहित ४ जनाले कार्यसमितिबाट राजीनामा दिएका थिए । यससँगै महासंघ त्याग्ने मेडिकल ब्यबसायीको संख्या १७५ पुगेको छ ।

देशभर करिब ३ सय मेडिकल ब्यबसायीले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ परीक्षण गर्ने अनुमति पाएका छन् । उनीहरू ६ वटा संस्थामा आवद्ध छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>