समाचारशुक्रबार, जेठ ७, २०७३
बेलायतको आफ्ना नागरिकलाई सुझावः नेपालमा राजनीति नगर, सजाय पाइन्छ
बेलायत सरकारले नेपाल भ्रमणमा रहेका र नेपाल आउन चाहने बेलायती नागरिकलाई नेपालमा कुनै पनि राजनीतिक गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ ।
नेपालमा विदेशी नागरिक राजनीतिक गतिविधिमा संलग्न भए नेपालबाट निकाला लगायतका सजाय हुनसक्ने बेलायत सरकारले जारी गरेको ‘नेपाल यात्रा सुझाव’ मा बताइएको छ ।
नेपालको नयाँसंविधानप्रति असन्तुष्टहरुले लगातार जसो प्रदर्शन, र्याली र हडताल गरिरहेको भन्दै सुझावमा छोटो सूचनामा आयोजना हुने त्यस्ता कार्यक्रमहरु हिंस्रक हुने, प्रहरी र प्रदर्शनकारीबीच झडप हुने भन्दै त्यस्ता प्रदर्शन भइरहेका ठाउँमा नजान पनि सुझाव दिइएको छ ।
सन् २०१३ मा करिब ४० हजार बेलायती नागरिकले नेपाल भ्रमण गरेको र सबैजसो भ्रमण सहज रहेको पनि बेलायतले उल्लेख गरेकोे छ ।
राजनीतिक गतिविधिमा संलग्न रहेको अभियोगमा नेपालले केही अघि एक क्यानाडाली नागरिकलाई निकाला (डिपोर्ट) गरेको छ भने एक बेलायती नागरिकलाई पक्राउ गरी दूतावासको जिम्मा लगाएकोे छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
