Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
‘हावा चल्यो भने विद्यार्थी घरतिर दाैडिन्छन्’ - Himalkhabar.com

थप समाचारशनिबार, जेठ ८, २०७३

‘हावा चल्यो भने विद्यार्थी घरतिर दाैडिन्छन्’

हिमालखबर

Motisar school 4बाराको मोतिसरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरु जिर्ण भवनमा त्रासपूर्ण वातावरणमा पठनपाठन गर्न बाध्य छन् ।

२०१९ सालमा स्थापना भएको विद्यालयभवनको छत चारैतिर चिराचिरा परेको छ, कहिले भत्किन्छ थाहा छैन । विद्यालयकै कमपाउण्डमा १३ हजार भोल्टको तार सहितको ट्रन्सफरमर जडान गरिएकाले पनि असुरक्षा बढाएको छ ।

५३ वर्ष पुरानो यो विद्यालयमा माध्यमिक तहमा १२ जना मात्रै शिक्षक–शिक्षिका छन् ।

कक्षा कोठामा पढदै गर्दा छतबाट रोडा, बालुवा खस्ने गरेको र त्यस्तो बेला कक्षा छोडेर भाग्ने गरेको विद्यार्थीहरु बताउँछन् । छतबाट खसेको इटा ढुंगाले ४ वर्षको बीचमा करिब २५ जना विद्यार्थीलाई चोटपटक लागिसकेको छ ।

Motisar school 7कक्षा कोठामा झयाल ढोकाका पल्ला छैनन् । बर्खामा छत त तप्किन्छ नै हावासहित वर्षा भयो भने झ्याल–ढोकाबाट समेत पानी पस्छ ।

गतवर्षको भूकम्पले भवनको अधिकांश भागमा चिरा परेको छ । त्यसैले पनि विद्यार्थीहरु बढी त्रसित छन् ।

कक्षामा पढ्न बस्दा शिक्षकले पढाएको भन्दा पनि कतिबेला भूकम्प आउँछ र छत खस्छ भन्नेमा ध्यान गइरहने विद्यार्थी सलमा खातुनले बताईन् ।

अभिभावकहरु समेत आफ्ना छोराछोरी नफर्कंदा सम्म ढुक्क हुने अवस्था छैन । “पढाउन त पठाउनै पर्‍यो तर कतिबेला के हुन्छ भन्ने डर लागिरहन्छ,” अभिभावक सुखल साहले भने ।

विद्यालयसँग बजेटको अभाव रहेको र शिक्षा कार्यालयसहित अन्य निकायबाट कुनै सहयोग नहुँदा भवन मर्मत गर्न नसकिएको प्रधानाध्यापक रामउदार साहको भनाई छ ।

“हावाहुरी चल्यो भने मात्रै पनि विद्यार्थीहरु घर भागिहाल्छन्, गर्मी र वर्खा नभए चौरमै पढाउन हुन्थ्यो त्यो पनि मिलेन,” उनले भने ।
जियालाल साह, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>