Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
राष्ट्रपति भण्डारीद्वारा तिलौराकोट अवलोकन - Himalkhabar.com

थप समाचारशुक्रबार, जेठ ७, २०७३

राष्ट्रपति भण्डारीद्वारा तिलौराकोट अवलोकन

हिमालखबर

rastrapati

तस्वीर: गोपाल भण्डारी

राष्ट्पति विद्यादेवी भण्डारीले २५६० औं बुद्ध जयन्तीको अवसर पारेर गौतम बुद्धका पिता राजा शुद्धोधनको दरवार क्षेत्र तिलौराकोटको अवलोकन गरेकी छन् ।

आज, ७ जेठ दिउँसो लुम्विनी आइपुगेकी राष्ट्पति भण्डारी त्यहाँ पूजा र अवलोकनपछि तिलौराकोट आइपुगेकी हुन् ।

कान्छी छोरी सहित तिलौराकोट पुगेकी राष्ट्रपति भण्डारीले बुद्धका पिता राजा शुद्धोधनको दरवारको भग्नावशेष, बुद्धले गृह त्याग गरेको पूर्वी द्वार, दरवार क्षेत्रको पश्चिमी द्वारको अवलोकन गरेकी छन् ।

उनलाई पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत राम बहादुर कुंवरले प्राचीन कपिलवस्तुको बौद्धकालीन ईतिहास र तिलौराकोट दरवार क्षेत्रको उत्खननका बारेमा जानकारी गराएका थिए ।

राष्ट्पतिको स्वागतका लागि सभासद् बलराम अधिकारी, सभासद् अतहर कमाल र प्रमुख जिल्ला अधिकारी ईन्दु घिमिरे लगायत जिल्लाका सरकारी कार्यालयका प्रमुख र सुरक्षा निकायका प्रमुखहरु उपस्थित थिए ।

तिलौराकोट भ्रमण पछि राष्ट्पति भण्डारी हेलिकप्टरबाटै बुद्धको मावली स्थल रुपन्देहीको देवदह र बुद्ध अस्तु धातु राखिएको नवलपरासीको रामग्राम तर्फ लागेकी छन ।

सो अवसरमा राष्ट्रपति भण्डारीले तिलौराकोट दरवार क्षेत्रको गेट वाहिर बसेका सर्वसाधारणहरुसँग कुराकानी गरेकी थिइन् ।
गोपाल भण्डारी, कपिलवस्तु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>